Wednesday 19th of February 2020

पद छाड्दै गर्दा उद्योगमन्त्री सुनिलबहादुर थापाकाे चलखेल, नयाँ मदिरा उद्योगलाई अनुमति दिन रकमी माेलताेल !

काठमाडौं । उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकनै लाग्दा नयाँ मदिर उद्योगलाई अनुमति दिलाउन चलखेल गरेका छन् ।

सरकारले भने दुईवर्ष देखि मदिरा उद्योग स्थापना गर्न रोक लगाएको छ ।  विभिन्न ‘स्वार्थ समूह’ को दबाबमा औद्योगिक प्रवद्र्धन बोर्डमार्फत नयाँ अनुमतिपत्र दिलाउन मन्त्री थापाले चासो दिएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक प्रवद्र्धन बोडको बैठक राख्न र उक्त बैठकबाट नयाँ केही रक्सी उद्योगलाई अनुमति दिन थापाले दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्