Wednesday 19th of February 2020

ट्र्याक्टरको ठक्करबाट महाराजगञ्जमा एककाे मृत्यु

कपिलवस्तु । महाराजगञ्ज नगरपालिका– ५ इटरोलमा ट्र्याक्टरको ठक्करबाट मंगलबार पन्ध्रमहिने बालकको ज्यान गएको छ ।

इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । बालक सडकमा निस्कने क्रममा लु३त ६१२४ नंको ट्र्याक्टरले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरका चालक फरार छन् भने ट्र्याक्टर प्रहरीको नियन्त्रणमा छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक सुवासचन्द्र गैरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्