Saturday 25th of January 2020

सरकारबाट गुणस्तर चिन्ह प्राप्तिको प्रक्रिया नै नथाली ग्यास उत्पादन, दुई उद्योगलाई उत्पादनमा रोक !

काठमाडौँ । सरकारले काभ्रेको बनेपास्थित चण्डश्वरी ग्यास उद्योग र सूर्य ग्यास उद्योगलाई उत्पादनमा रोक लगाएको छ । अनुगमनक्रममा मापदण्ड नपुगेकाले उत्पादनमा रोक लगाइएको छ ।

सरकारबाट गुणस्तर चिन्ह प्राप्तिको प्रक्रिया नै नथाली उत्पादन गरिरहेका उद्योगलाई तीनदिन भित्र प्रक्रिया थाल्न र तत्कालका लागि उत्पादन बन्द गर्न निर्देशन दिइएको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक मनोजकुमार उपाध्यायले बताए ।

नेपालमा ५३ वटा ग्यास उद्योग छन् । चारवटाले मात्रै गुणस्तर चिन्ह पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्