Saturday 21st of September 2019

८५ प्रतिशत उजुरी आर्थिक अपराधकेन्द्रीत, १८ देखि २० अर्ब रुपैयाँभन्दा बढी दावीसहितका उजुरी !

काठमाडौं । नेपाल प्रहरीमा दर्ता भएका करिव ८५ प्रतिशत उजुरी आर्थिक अपराधसँग जोडिएका छन् । तथ्यांकअनुसार कुल उजुरीको ८५ देखि ९० प्रतिशत हिस्सा बैंकिङ कसुर, ठगी, अंशवण्डा विवाद, चोरी\डकैती, जर्बजस्ती चन्दा फिरौती असुल, चेक बाउन्स लगायतका वित्तीय अपराधका घटनासँग सम्बन्धित छन् ।

प्रहरीका अनुसार वित्तीय अपराधबाट बार्षिक १८ देखि २० अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको दावीसहित संस्थागत र व्यक्तिगत रुपमा उजुरी पर्ने गरेको छ ।

व्यक्ति हत्या, अपहरण, चोरी\डकैती, बैंक वित्तीय संस्थाको रकम हिनामिना, चेक बाउन्स, अवैध हातहतियार तथा लागूपदार्थ ओसारपसार, सुन तस्करी विदेशी मुद्रा अपचलनदेखि अंशवण्डा ल वैदेशिक रोजगारीका नाममा ठगी पछिल्ला दिनहरुमा हुने गरेका आर्थिक अपराध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्