Tuesday 17th of September 2019

माओवादीले माग्यो एमालेसँग दुई मुख्यमन्त्री र चार प्रदेश सभामुख

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभा सभामुख दुई प्रदेश मुख्यमन्त्री मागेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्रीसहित चार प्रदेशसभा सभामुखको दाबी गरेका हुन् ।

एमाले नेता सुवास नेम्वाङले मुख्यमन्त्री, प्रदेशसभा सभामुख र राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा बैठकमा छलफल भएको र शीर्ष नेताहरूसँग छलफल गरी टुङ्गो लाग्ने जानकारी दिए ।

राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि भन्दै एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्