Monday 27th of January 2020

मठमन्दिरको दानदक्षिणा तथा भेटीमा अनियमितता बन्द, मन्दिरको भेटीमा लेखापरीक्षण गरिने !

काठमाडौं । पुरातात्विक सम्पदाका रुपमा रहेका मठमन्दिरको दानदक्षिणा तथा भेटीमा अनियमितता हुन नदिन लेलापरीक्षण गरिने भएको छ ।

सांस्कृतिक सम्पदा संरक्षण तथा भेटी व्यवस्थापन चुस्त बनाउन देशभरका मठमन्दिरको आम्दानी तथा खर्चमा लेखा परीक्षण शुरु गरिएको महालेखा परीक्षको कार्यालयले जनाएको छ । महालेखाका अनुसार ‘सांस्कृतिक सम्पदाको संरक्षण र भेटी व्यवस्थापन’ शीर्षक नै राखेर लेखापरीक्षण थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्