Monday 16th of December 2019

२५ वर्षअघि यस्ता देखिन्थे, सामाजिक सञ्जालमा भाइरल बने बाबा रामदेव !

एजेन्सी । आचार्य बालकृष्ण बाबा रामदेवका सहयात्री हुन् । उनले ट्विटरमा केही तस्बिर पोष्ट गरेका छन् । यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेका छन् बाबा रामदेव ।

आचार्य बालकृष्णले २५ वर्ष पुराना तस्बिर ट्विटरमा पोष्ट गरेका हुन् । जहाँ बाबा रामदेव सफेद कुर्था, काला चश्मामा छन् । बालकृष्णले भनेका छन्, ‘नलबारी बोडोल्याण्ड आसामस्थित पुरानो घरमा जाने मौका मिल्यो, त्यहीँ पुरानो घरमा यो धरोहर भेटियो, जहाँ स्वामी, म, आचार्य कर्मवीर र वीरनाथ योगी छौँ ।’

बालकृष्णले भनेका छन्, ‘इतिहासले अतीत उग्रायो, २५ वर्ष पहिले उत्तर पूर्व भारतमा आयुर्वेद र योगबाट सेवा गरिएको थियो, आज भारत र संसारभर आयुर्वेद र योगको युग छ ।’  तस्बिरः अचार्य बालकृष्णको ट्विटरबाट ।

प्रतिक्रिया दिनुहोस्