Wednesday 16th of October 2019

तपाई बस्दा खुुट्टा हल्लाइरहनुु हुुन्छ ? लगातार खुट्टा हल्लाउँदा हृदयघात हुनसक्छ !


काठमाडौं । तपाइ बस्दा खुुट्टा हल्लाइरहनुु हुुन्छ ? यदि यस्तो बानी छ भने  तपाइलाई रेस्टलेस सिन्ड्रोम भएको हुुनसक्छ । शरीरमा आइरनको कमीले यस्तो लक्षण देखिन्छ ।

अमेरिकाको हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक डा डब्ल्यू किंकम्यानका अनुसार, यो रोगबाट पीडित व्यक्ति निद्रा आउनुभन्दा अघि ३०० चोटिसम्म गोडा हल्लाउँछ । अनुसन्धानकर्ताहरूले स्पष्ट रूपमा भनेअनुसार, लगातार खुट्टा हल्लाउँदा हृदयघातको सम्भावना बढ्छ ।
यो समस्या संसारभरिका १० प्रतिशत मानिसमा हुन्छ । धेरैजसो अवस्थामा ३५ वर्षभन्दा माथिका मानिसमा यो समस्या देखिन्छ ।

यो खासमा स्नायुप्रणालीसँग जोडिएको रोग हो । गोडा हल्लाउँदा व्यक्तिमा डोपामाइन हर्मोन रिलिज हुन्छ र उसलाई बारम्बार हल्लाउन मन लाग्छ ।

यो अनिद्राजन्य रोग पनि हो । निद्रा पूरा नहुँदा व्यक्तिले थाकेको अनुभव गर्छ । लक्षणहरूका आधारमा रगतको परीक्षण गरिन्छ । पोलिसोम्नोग्राफी गराएर पनि यसको पुष्टि गरिन्छ । यो परीक्षणले निद्रा नआउने कारण पत्ता लगाइदिन्छ ।

गोडा धेरै हल्लाउनु रोगको लक्षण हो तर मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन् । अलिक ध्यान पु–याउने हो भने यस रोगबाट बच्न सकिन्छ ।

यसको उपचारमा आइरन चक्कीहरू दिइन्छ । समस्या गम्भीर भएको रहेछ भने अन्य औषधि पनि दिइन्छ । त्यस्तो औषधि सुत्नुभन्दा दुई घन्टाअघि लिनुपर्छ । औषधिले अनिद्रा हटाएर स्थितिलाई सामान्य बनाउँछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्