Wednesday 19th of February 2020

असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा, गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई पेलेर अघि बढ्ने भएका छन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि बिहीबार र शुक्रबार दुई दिन बैठकमा दर्जनभन्दा बढी नेताले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन विधि र विधानसहित विभिन्न माग र सुझाव दिएका थिए ।

तर देउवाले उनीहरुको माग र सुझावलाई केन्द्रीय समिति बैठकमा सम्बोधन नै गरेनन् । त्यसैले देउवा असन्तुष्टको माग कार्यान्वयन नगरी अघि बढ्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्