Wednesday 26th of February 2020

ऊर्जामन्त्री थापाको निर्णयले प्राधिकरणलाई तीन अर्ब घाटा, चरम घाटा पर्ने गरी नयाँ कार्यविधि आएपछि पनि पुरानै कार्यविधिअनुसार अघि बढे !

काठमाडौं । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाको निर्णयका कारण नेपाल विद्युत प्राधिकरणले तीन अर्ब ३६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको छ ।

खिम्ती र भोटेकोसीमा गरिएको डलर विद्युत खरिद सम्झौता (पीपीए) का कारण आर्थिक रुपमा थलिएको विद्युत प्राधिकरणलाई यसैगरी चरम घाटा पर्ने गरी नयाँ कार्यविधि आएपछि पनि पुरानै कार्यविधिअनुसार अघि बढ्ने गरी मन्त्री थापाले गरेको निर्णयले यस्तो अवस्था सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्