Wednesday 16th of October 2019

नेपाल विद्यार्थी संघभित्र पनि नेपाली कांग्रेस पार्टीकै जसरी विवाद चर्कियाे, नेविसंघमा अध्यक्ष महरमाथि नै कारबाही !

काठमाडौं  । नेपाल विद्यार्थी संघभित्र पनि नेपाली कांग्रेस पार्टीकै जसरीे विवाद चर्किएको छ । पार्टीलाई गति दिन विशेष महाधिवेशन वा महासमिति बैठक बोलाउन माग गर्दा सभापति शेरबहादुर देउवाले जुन ढंगले बरिष्ठ नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गगन थापा, कल्याण गुरुङहरुलाई अनुशासनको कारबाही गर्ने धम्की दिइरहेका छन् ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले पनि १ बर्षदेखि बैठक बोलाउन नसकेको र विधान विपरीत पदाधिकारीदेखि केन्द्रीय समितिलाई थाहा नै नदिई बाटा बाटा र होटल रेष्टुरेन्टमा आमन्त्रित केन्द्रीय सदस्य बनाएको विरोध गर्दा कारबाहीको धम्की दिने गरेका छन् । र, उपाध्यक्ष रामप्रसाद अधिकारीलगायतमाथि अनुशासनको कारबाहीका लागि पत्र नै काटेका छन् ।

अध्यक्ष नैनसिंह महरले विधान विपरीत आमन्त्रित केन्द्रीय सदस्य बनाएकोमा संगठनभित्र तिव्र बिरोध भएको छ । जिल्लाको बारेमा संगठनका अध्यक्ष महरले रेष्टुरेन्ट र क्याफेमा बसेर आमन्त्रित केन्द्रीय सदस्य बनाएको आरोप उपाध्यक्ष रामप्रसाद अधिकारीले लगाएका छन् ।

अध्यक्ष महरले १ बर्षदेखि केन्द्रीय समितिको बैठकसमेत राखेका छैनन् । महाधिवेशनअघि हुन नसकेका ११ जिल्लाको अधिवेशन गर्न नेपाली कांग्रेसको निर्देशन समितिले निर्देशन दिएको थियो । र,  विवादित १३ जिल्ला अधिवेशन गर्ने निर्देशन समेत कार्यान्वयन गरेका छैनन् ।

२०७४ पुस १५ मा मेलमिलाप दिवसको दिन पारी काठमार्डौंको अनुपम फुडल्याण्डमा आयोजना गरेको कार्यक्रम र धादिङमा अर्जुननरसिंह केसी र चन्द्र भण्डारीलाई अतिथि बनाएर २०७४ माघ ३ गते गरेको प्रशिक्षणको बिषयमा अध्यक्ष महरले उपाध्यक्ष अधिकारी र महामन्त्री कुन्दन काफ्लेहरुलाई कारबाहीको पत्र काटेका छन् । नेपाली कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने नर्सरीका रुपमा लिइने नेविसंघभित्र पार्टी चुनावमा पराजयपछि कसरी उर्जा दिने भनेर बहस चलाउन खोज्दा अध्यक्ष महरले अनुशासनको डन्डा बर्साउने काम गरेका छन् ।

अनुपम फुडल्याण्ड र धादिङको कार्यक्रम गरेको आरोपमा उपाध्यक्ष रामप्रसाद अधिकारीलगायतलाई अनुशासनको कारबाही गर्न स्पष्टीकरण सोधेपछि अर्को समूहले पनि अध्यक्ष महरलाई स्पष्टीकरण सोधेको छ । अधिकारी समूहका अनुशासन समितिका संयोजक राजेश रौनियारले अध्यक्ष नैनसिंह महरलाई अनुशासनको कारबाहीको लागि स्पष्टीकरण सोधिसकेको खबर छ ।

उपाध्यक्ष अधिकारीले भने–‘‘निर्वाचन भएको १७ महिनासम्म पनि संघलाई विधानअनुसार चलाउन सकेका छैनन् । अध्यक्ष विधान र नियमावलीअनुसार चल्ने र सबै केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय समितिका साथीहरूसंग छलफल गरेर अगाडि बढेको भए यस्तो परिस्थिति सिर्जना हुने थिएन । ११ औं अधिवेशन सम्पन्न भयो, निर्देशन समितिले अधिवेशन सम्पन्न गर्दैगर्दा जुन जिम्मेवारी केन्द्रीय समितिलाई दिएको थियो, त्यो जिम्मेवारी १७ महिना बितिसक्दा पनि पूरा नगरी मूकदर्शक मात्र भएर हामी बस्यौं । अध्यक्षलाई पटक–पटक आग्रह गर्दा पनि उहा“ले केही गर्न चाहनुभएन ।

कोठामा बसेर निर्णय गर्ने, अनाधिकृत तवरबाट केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य साथीहरूलाई जानकारी नै नदिई जुन कार्य गर्नुभयो, त्यसले संगठनमा विवाद सिर्जना ग¥यो ।  स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत नेविसंघलाई झोलामा सीमित गराइयो । नेविसंघलाई अझ चलायमान बनाउनको निम्ति हामीले योजना लिएर जा“दा उहा“ नीति होइन नेताको बोली र आश्वासनको पछि लाग्नुभयो ।’’

उपाध्यक्ष अधिकारीले ‘‘महरलाई गुटको होइन सबैको अध्यक्ष बन्न आग्रह पनि गरेका छन् । निर्वाचित पदाधिकारी र साथीहरुसंग संगठन अगाडि बढाउने बारेमा छलफल गर्नुपर्छ । विधान नियमावलीमा टेकेर निर्णय लिनुपर्छ । संगठनको हितविपरीतका निर्णयहरू फिर्ता लिनुपर्छ ।’’ उने सुझाव दिए । (साँघु )

प्रतिक्रिया दिनुहोस्