Thursday 23rd of January 2020

नेपालमा आर्थिक क्रान्ति हुदैछ: अध्यक्ष ढकाल

बैकक । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आगामी पाँच बर्ष भित्रमा नेपालमा ठुलो आर्थिक क्रान्ति गर्ने बताएका छन् ।

एसियन लिडरशिप सम्मेलन बैककमा बोल्दै पूर्व मन्त्रि समेत रहेका ढकालले नेपालको सफल शान्ति प्रकृयाले विश्व मन्चमा ठुलो संदेश दिय जस्तै अब तिब्र आर्थिक उन्नति गरेर विश्वलाई अचम्मित तुल्याउने उद्घोष गरेका हुन । पूर्व मन्त्रि ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले नेपालमा राष्ट्रियता र लोकतन्त्र बलियो बनाउदै संविधानको कार्यन्वयन मार्फत चिरस्थायी शान्ति तथा दिगो बिकासको लागि काम गर्ने स्पष्ट पारे ।

वाम प्रगतिशील गठबन्धनको नेता समेत रहेका ढकालले अब मुलुकमा राजनैतिक स्थिरता हुने बिश्वाश दिलाउदै ढुक्क भएर नेपालमा लगानी गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे ।

आइएपिपि एसिया प्यासिफिक द्वारा आयोजित सम्मेलनमा विभिन्न एशियाली देशका सांसदहरु, जनप्रतिनिधिहरु तथा नेतृत्व बर्गको उपस्थिथि रहेको कार्यक्रममा सहभागी परिवार दलका प्रबक्ता सन्तोष कुमार पौडेलले जानकारी दिए। पूर्व मन्त्रि ढकाल बैकको कार्यक्रम पश्चात आइक्याप द्वारा आयोजित सिल्क रोड सम्मेलनमा भागलिन तेहरान जाने कार्यक्रम रहेको पनि प्रबक्ता पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्