Thursday 23rd of January 2020

आईएलटीएसको प्रश्नपत्र ‘किनबेच’मा भारतीय नागरिक संलग्न

काठमाडौं । गत २१ पुसमा प्रहरी परिसर, काठमाडौंले सुन्धारामा प्रश्नपत्र लेनदेन हुँदै गर्दा एक कन्सल्टेन्सीका सञ्चालक र विद्यार्थीसहित १३ जनालाई पक्राउ गरेको थियो । आईएलटीएस परीक्षामा सोधिएका प्रश्न र लाखौं रुपैयाँ लिएर ‘लिक’ गरिएको प्रश्नलाई दाँजिदा अधिकांश प्रश्नहरु मिलेका अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जनाए ।

आईएलटीएस परीक्षाको प्रश्नमा लिसनिङतर्फ ४० वटा मध्ये ३८ वटा हुबहु मिलेको प्रहरी अधिकारीले बताए । राइटिङतर्फको दुवै प्रश्न पनि मिलेको र रिडिङ चाहिँ नमिलेको जानकारी दिएको छ । प्रहरीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नपत्रको तीनवटा खण्डमध्ये दुईवटा खण्डको मिलेपछि २२ पुसमा लिइएको परीक्षा रद्द गर्न प्रहरीले पत्र काटेको र, अदालतमा समेत बुझाएको छ ।

प्रहरीले आईएलटीएस परीक्षा लिने ब्रिटिस काउन्सिल र आईडिपीको प्रश्नपत्र र ‘लिक’ भएको प्रश्नपत्रलाई दुवैको रोहवरमा दाँजेको थियो ।

प्रतिक्रिया दिनुहोस्