Sunday 8th of December 2019

देउवाकाे लाेकप्रियता कमाउन गरेकाे निर्णय फुस्सा, नयाँ बजेट नआएसम्म थप एक लाख दिन सकिँदैन् : सिईओ भुषाल

काठमाडौं  । राष्ट्रिय पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले भुकम्प पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ सरकार र नयाँ बजेट नआएसम्म दिन नसकिने स्पष्ट पारेका छन् ।

उनले भने,‘एक लाख रकम थप्ने निर्णय भएको जो कुरा बाहिर आएको छ, यसबारे हामीकहाँ हिजोको मितिसम्म कुनै जानकारी आएको छैन्, यदि निर्णय गरेर हामीकहाँ आयो भने पनि यो रकम दिन यो आर्थिक वर्षभित्रै दिन सक्ने संभावना छैन, अर्को नयाँ सरकार नआएसम्म सम्भव छैन्।’

भुषालले आफू अर्थ मन्त्रालयमा बसेर काम गरिसकेको व्यक्ति भएकोले यो वर्ष थप रकम दिन नसकिने जिकिर गरे । उनले भने,‘यो थप दिने भनिएको एक लाख रकम यो वर्ष दिनै सकिँदैन, नयाँ बजेट आएपछिमात्रै सम्भव छ, अहिले छैन, किनकी यो नन–बजेटरी रकम हो।’

पीडितका आँशु पुछनेगरि आफूहरुले काम गरिरहेको उनले विश्वास दिलाए । उनले भने,‘आउने बैशाख १२ गते भुकम्प दिवस पनि हो, त्यतिवेला अर्को नतिजा दिनेगरि केही योजनासहितका काम गर्छौं।’

त्यस्तै उनले यही माघ मसान्तभित्रै १ लाख घर निर्माण भैसक्ने र ३ लाख निर्माण जारी राख्ने विश्वास दिलाए । उनले प्राधिकरणलाई अझै १३ अर्ब रुपैयाँ आवश्यक पर्नसक्ने पनि जनाए ।

 

प्रतिक्रिया दिनुहोस्