Sunday 15th of December 2019

सिँचाइ सचिवको शव फेला, जिप सचिव आफैले चलाए, सचिव विर्सिने रोगका सिकार

धादिङ । सिँचाइ सचिव रामानन्द प्रसाद यादवको शव फेला परेको छ । उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ । उद्दारमा संलग्न प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ । यसअघि सचिवका ड्राइभरले पनि जिप सचिव यादवले नै चलाएका बताएका थिए ।

शनिबार बिहान पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटमा भएको जिप दुर्घटनामा सचिव सहित तीनजना वेपत्ता भएका थिए। आज बिहान कुरिनटारबाट आएको गोताखोरले जिप १५ मिटरको गहिराइमा भेट्टाएका थिए।

सचिवको शव सोही जिपबाट निकालिएको उद्दारकार्यमा संलग्न प्रहरीले बताएका छन्। वेपत्ता भएका तीनमध्ये सचिवको शव फेला परेको छ भने छोरा सन्तोष र १५ वर्षीया उन्नती गुप्ता हराइरहेका छन्।

घाइते भएका चालक निरन्जन यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए। जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो।

त्यसै गरि सिंच्चाई सचिव यादव आफुमा धेरै सम्झना सक्ने शक्ति नभएको बेला बेला कर्मचारीहरुसँग बताउने गर्दथे । एक पटक चिनेको मानिसलाई उनी दोस्रो पटक भेटाउदा नचिनेको गर्दथे । त्यो उनको नाटक थियो वा बास्तविक रोग भन्ने कर्मचारीहरुको तर्क रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्