Tuesday 18th of February 2020

प्रदेश ४ मा पनि लफडा : माओवादी बिना दुई सदस्यीय मन्त्रीमण्डल गठन

कास्की । प्रदेश ४ मा २ सदस्यीय मन्त्री मण्डल गठन गरिएको छ।

मुख्य मन्त्रीमा पृथ्वी सुब्बा गुरुङ र उद्योग मन्त्रीमा रामशरण बस्नेतले प्रदेश प्रमुख बाबुराम कुँवर बाट आज सपथ लिएका हुन् ।

एमाले र माओवादी केन्द्रको हिजो अबेर राति सम्म र बिहान बसेको बैठकमा दुई दल बीच सहमति हुन नसके पछि एमालेका एक मन्त्री सहित मुख्य मन्त्रीले सपथ लिएका हुन्।

माओवादी केन्द्रका नेता देव गुरुङ र दिनानाथ शर्मा सहित भएको बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकेपछि बस्नेतलाई मात्रै मन्त्री बनाइएको छ।

बस्नेत एमालेका वैकल्पिक केन्द्रिय सदस्य हुन्। बस्नेतले गोरखा १ को ‘ख’ बाट निर्वाचन जितेका थिए। 

प्रतिक्रिया दिनुहोस्