Tuesday 17th of September 2019

नवराज सिलवाललाई फसाउने ग्रान्ड डिजाइन यी हुन् कस्ले के भने ?

काठमाडौं । नेपाल प्रहरीबाट अन्यायमा परेपछि राजनीतिमा होमिएर एमालेबाट सांसदमा निर्वाचित भएका नवराज सिलवालविरुद्धको मुद्दा जसरी पनि अदालतमा दर्ता गर्ने निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र नेपाल प्रहरीका आइजीपी प्रकाश अर्यालदेखि पूर्वमहान्यायाधीवक्ता रमणकुमार श्रेष्ठ र एसएसपी विश्वराज पोखरेलको चाहना पूरा हुन सकेन ।

पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल, वर्तमान आइजीपी प्रकाश अर्याल, विश्वराज पोखरेल, मोहन थापासहितको टोलीले सिलवालको विरुद्ध कीर्तेमा कारबाही गराउने डिजाइन गरेका थिए । र, कथित कीर्ते कासमु छानबिनको जिम्मा नै मोहन थापाले पाएका थिए । डीएसपी पदका मोहन थापाले बहालवाला डीआइजी सिलवालसँग कागजात कीर्ते गरेको आरोप लगाएर बयान लिएका थिए ।

सरकारी वकिल कार्यालयले सिलवालविरुद्धको मुद्दा अदालतमा दर्ता गर्नै नमिल्ने तर्क दिएपछि उनीहरुको अन्तिम प्रयास असफल भएको छ । काठमाडौैं परिसरका अघिल्ला प्रमुख एसएसपी रविन्द्रसिंह धानुकले सिलवालविरुद्ध मुद्दा अदालतमा लानै नमानेपछि उनलाई माघ २८ मा धवलागिरी संघीय इकाई प्रहरी कार्यालयमा सरुवा गरी पोखरेललाई लगिएको थियो ।

आइजीपी अर्यालले पोखरेललाई परिसर प्रमुखमा लगेर हतार हतार सिलवालविरुद्ध मुद्दा दर्ता गर्न निर्देशन दिए । र, पोखरेलले वाम गठबन्धनको सरकार बन्नु २ दिनअघि फागुन १ मा सरकारी वकिल कार्यालयमार्फत् मुद्दा दर्ताका लागि लगे ।

प्रतिक्रिया दिनुहोस्