Sunday 15th of December 2019

अनुदानको चामल बाटैमा बिक्री, चालू आवको कोटाको ६ सय ९९ क्वीन्टर ८० केजी चामल बाटामै…

कालिकोट । नेपाल खाद्य संस्थानले कालिकोट थिर्पु डिपोबाट बिक्री हुनुपर्ने चामल ठेकेदारले बढी मूल्य पाएपछि बीचबाटोमै बिक्री गर्ने गरेका छन् ।

संस्थानको डिपो कार्यालय पलाता गाउँपालिकाको थिर्पुमा ९ सय २० रुपैयाँमा बिक्री गर्नुपर्ने चामल बाटोमै बिक्री भएको हो । बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचाल झरनाको जाजरकोटबाट ९ सय ८० रुपैयाँमै बिक्री गरेका हुन् ।

चालू आवको कोटास्वरुप आएको ६ सय ९९ क्वीन्टर ८० केजीमध्ये सबै जसो बीचबाटोमै बिक्री भइरहेकोले अहिले डिपो रित्तै छ ।

प्रतिक्रिया दिनुहोस्