Monday 27th of January 2020

नेपालले बुद्धका उपदेश वाचन गरी भारतको रेकर्ड तोड्यो

काठमाडौं । एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गरी नेपालले विश्व रेकर्डको लागि सङ्ख्यात्मक रुपमा भारतमा रहेको रेकर्ड तोडेको छ ।

विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ विश्व रेकर्डमा कीर्तिमान कायम गर्न काठमाडौंको टुँडीखेलमा शनिबार आयोजना गरिएको कार्यक्रममा झण्डै १ लाख भन्दा बढीको उत्साहजनक सहभागिताले बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गरेका थिए ।

सहभागी मध्ये ४८ हजार ९ सय ४३ जना क्युबार कोड स्क्यानिङ्गगणनाबाट अफिसियल परिणाम आएको आयोजक विश्व कीर्तिमानी परिषद् नेपालका कोषाध्यक्ष सुभाषचन्द्र विष्टले जानकारी दिए ।

यस रेकर्डलाई औपचारिक घोषणा गिनिज बुक अफ वर्ल्ड रेकर्डको मुख्यालय बेलायतको लन्डनमा क्युबार कोड सहितको गणना गरिएको सीसी क्यामराको फुटेज, आकासमा उडाइएको ड्रोनको फुटेज , र हेलिकप्टरबाट खिचिएको फोटो र भिडियोको फुटेज समेतको प्रमाणहरु जुटाएर विश्व किर्तिमानी परिषद नेपालले पठाएको आधारमा गिनिज वर्ल्ड रेकर्ड मुख्यालयका प्राविधिक अधिकारीले अध्ययन गरी प्रमाण पठाएको हप्तादिन भित्र प्रमाण पुगेको आधारमा औपचारिक घोषणा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्