Tuesday 21st of January 2020

अन्ततः राष्ट्रपतिमा विद्यादेवी भण्डारी नै दोहोरिने, कसरी माने झलनाथ खनालले ?

काठमाडाैं । मुलुकको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी नै दोहोरिने हुनुभएको छ । मंगलबार मध्यराति सकिएको नेकपा एमाले स्थायी कमिटी बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारी नै दोहो-याउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै आठ घण्टा चलेको स्थायी कमिटी बैठकले अन्ततः भण्डारीलाई नै राष्ट्रपति बनाउने निर्णय गरेको हो ।

राष्ट्रपतिका लागि बरिष्ठ नेता झलनाथ खनालले समेत दावी गरेपनि सर्वसहमतबाट भण्डारीलाई राष्ट्रपति बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले बताए । बधुबार, राष्ट्रपति पदका लागि उम्मेद्वार दर्ता हुँदैछ ।

वाम गठबन्धनबाट उम्मेद्वारी दर्ता हुने भण्डारी पाँच वर्षका लागि राष्ट्रपति निश्चित हुनुभएको छ । संघीय र प्रदेश सांसदहरु मतदाता रहने राष्ट्रपति निर्वाचनका लागि वाम गठबन्धनसँग स्पष्ट बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्