Monday 16th of December 2019

महाभूकम्पमा त्रिपाल आयात गर्ने बालाजी ट्रेडर्सको ३२ लाख बेरुजु, भन्सार छुट दिएको मौका छोपी त्रिपाल आयात

विराटनगर । आर्थिक वर्ष ०७२।०७३ को वैशाख महिनामा गएको महाभूकम्पका बेला सरकारले भन्सार छुट दिएको मौका छोपी त्रिपाल आयात गर्ने व्यापारी अहिले आएर कानुनी दायरामा पर्ने भएका छन् ।
कालोबाजारी ऐनअन्तर्गत सोही समयमा विराटनगरका त्रिपाल व्यापारी जितेन्द्र सेठियालाई जिल्ला प्रशासान कार्यालय मोरङले मुद्दा पनि चलाएको थियो । तर अन्य त्रिपालको आयात गर्ने व्यापारी उम्किन सफल भएका थिए । अहिले आएर विराटनगबाट सो समयमा त्रिपालको आयात गर्ने बालाजी ट्रेडर्सका संचालक दिननाथ साहले करिब ३१ लाख ९८ हज्जार मुअ करबापतको राजस्व दाखिला नगरेको पाइएपछि महालेखा नियन्त्रक कार्यालयबाट बेरुजु ठहर भएको कुरा थाहा भएको छ । उक्त बेला त्रिपाल आयातमा करोडांैको राजस्व ठगी भएको रहस्य पनि अहिले आएर खुल्न पुगेको हो । भूकम्पकै समयमा ०७२ जेष्ठ महिनामा त्रिपाल व्यापारी एवं परनामी इन्टरनेशनलका संचालक जितेन्द्र सेठियालाई जिल्ला प्रशासन कार्यालय मोरङको विशेष इजलासले त्रिपाल आयातमा कालोबजारी देखिएपछि व्यापारी सेठियालाई ११ लाख धरौटी लिएर ११ छोडेको थियो ।
महाभूकम्पका समयमा भारतबाट भन्सार छुटमा त्रिपाल ल्याएर डब्बल नाफा राखी बिक्री गर्ने बालाजी ट्रेडर्सका संचालक दिननाथ साह २०६८ सालमा नै आन्तरिक राजस्व कार्यालयबाट ३०५३४५८०४ मा मु.अ. कर दर्ता कायम भएको कुरा थाहा भएको छ । उनले पटकपटक विराटनगर भन्सार भएर त्रिपाल आयात गरी मु.अ. कर समेत दाखिला नगरेपछि राजस्व ठगीको फेहरिस्त सार्वजनिक भएको छ । अहिले उनी बचावका लागि शक्ति केन्द्रमा धाउन थालेपछि त्रिपाल आयात प्रकरण फेरि बलझन थालेको कुरा राजस्व स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्