Monday 27th of January 2020

समस्याग्रस्त छ संस्थाले झण्डै दुुई अर्ब फिर्ता गर्न बाँकी, संस्थागत निक्षेपकर्ताहरुको एक अर्ब १९ करोड करोड रुपैयाँ !

काठमाडौं । समस्याग्रस्त छवटा बैंक तथा फाइनान्स कम्पनीहरुले अझै सर्वसाधारणको झण्डै दुुई अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म ती संस्थाहरुले उक्त परिमाणमा निक्षेप फिर्ता गर्न बाँकी रहेको देखिएको हो । 
फिर्ता गर्न बाँकी कुुल निक्षेपमध्ये संस्थागत निक्षेपकर्ताहरुको एक अर्ब १९ करोड करोड रुपैयाँको हाराहारीमा रहेको छ भने व्यक्तिगत निक्षेपकर्ताहरुको ३६ करोड तीन लाख ४३ हजार रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार समस्याग्रस्त संस्था घोषणा हुुनुुअघि भने यी नौवटा संस्थाहरुमा कुुल १३ अर्ब ३४ करोड ६१ लाख ८१ हजार रुपैयाँ कर्जा रहेको थियो भने निक्षेप १० अर्ब ६३ करोड ३६ लाख ५९ हजार रुपैयाँ रहेको थियो । सोमध्ये संस्थागततर्फको निक्षेप चार अर्ब ३७ करोड ६७ लाख ६३ हजार र व्यक्तिगततर्फको निक्षेप छ अर्ब २५ करोड ६८ लाख ९६ हजार रुपैयाँ रहेको थियो । समस्याग्रस्त हुुनुुअघि यी संस्थाहरुमा ९४ हजार छ सय ७७ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा अहिले यस्तो खाताको संख्या घटेर ६४ हजार एक सय ५६ वटामा सीमित रहेको छ ।
समस्याग्रस्त संस्थाहरुमध्ये नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत समेत गरी ४७ करोड चार लाख ६५ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । फाइनान्समा हाल दुुई अर्ब २३ करोड २५ लाख ९६ हजार रुपैयाँ कर्जा रहेको छ । क्रिष्टल फाइनान्सले पनि चालू आवको असोज मसान्तसम्म सात करोड १३ लाख एक हजार रुपैयाँ फिर्ता गर्न बाँकी देखिएको छ । फाइनान्सको हाल विभिन्न व्यक्ति तथा संस्थाहरुमा उठाउन बाँकी कर्जा ३५ करोड ३६ लाख ३३ हजार रुपैयाँ रहेको छ ।
यसैगरी क्यापिटल मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्समा पनि संस्थागत तथा व्यक्तिगत समेत गरी ८४ करोड ४२ लाख ३३ हजार रुपैयाँ निक्षेप रहेको छ । सो अवधिमा फाइनान्समा एक अर्ब ७० करोड तीन लाख ७५ हजार रुपैयाँ कर्जा रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्म वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले १० करोड ७३ लाख ७५ हजार, नारायणी डेभलपमेन्ट बैंकले १७ करोड २८ लाख ५७ हजार र नेपाल फाइनान्सले आठ करोड २६ लाख छ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ ।
चालू आवको असोज मसान्तसम्म नौवटा संस्था समस्याग्रस्त अवस्थामा रहेको भए पनि अहिले भने यस्तो संख्या घटेर छवटामा सीमित भएको छ । राष्ट्र बैंकले केही समयअघि मात्र कर्पोरेट डेभलपमेन्ट बैंक, कुुवेर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र लतिलपुर फाइनान्सलाई समस्याग्रस्तमुक्त संस्था घोषणा गरिसकेको छ । सोमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकमा अहिले अहिले एक करोड ९५ लाख ४५ हजार रुपैयाँ कर्जा रहेको छ भने सात करोड ७२ लाख ३१ हजार रुपैयाँ निक्षेप रहेको छ । ललितपुर फाइनान्समा भने सो अवधिमा सात करोड १३ लाख एक हजार रुपैयाँ निक्षेप रहेको छ भने ३६ करोड १८ लाख ९४ हजार रुपैयाँ कर्जा रहेको छ । कुुबेर मर्चेन्टमा भने अहिले पाँच करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा रहेको छ भने सात करोड १३ लाख एक हजार रुपैयाँ निक्षेप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्