Tuesday 21st of January 2020

ध्यक्ष मण्डलका सदस्यको बेमेलका कारण राजपाभित्र असन्तुष्टि: महन्थ मौन-महतो हावी : मन्त्री को को ?

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्ने भएपछि वाम गठबन्धनको सरकारमा राजपा पनि सहभागी हुने मनसाय भएपनि अध्यक्ष मण्डलका सदस्यको बेमेलका कारण राजपाभित्र असन्तुष्टि बढेको खबर छ । प्रधानमन्त्री केपी ओलीले अनौपचारिकरुपमा राजपा अध्यक्ष मण्डलका दुई सदस्य महन्थ ठाकुर र राजेन्द्र महतोसंग छुट्टाछुट्टै सम्बाद गरेको स्रोतको दावी छ  । तर, यी दुईले नै उक्त प्रसंग गुपचुप राखेका छन् ।  आफूले कुरा गरेको प्रसंग अर्को नेतालाई नसुनाई वार्ताको वातावरण नबनाएको राजपा स्रोतले जानकारी दिएको छ ।

 

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र महतोको कुराकानीमा महत्तोले फोरमका उपेन्द्रजीसंग कुराकानी गर्नु हामी त छंदैछौं नि भन्ने आशयमा कुराकानी गरेका थिए । महतोको यस्तो भनाइ पछि वाम गठबन्धन फोरमका अध्यक्ष उपेन्द्र यादवसंग छलफल गर्न थाल्यो तर राजपा आफूलाई सरकारले वार्ताका लागि नबोलाएको भनिरहेका छन् । राजपाभित्र राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी सरकारमा जानुपर्ने पक्षमा देखिएका छन् भने महन्थ ठाकुरले के सोचेका छन् भन्ने नै अहिलेसम्म खुलेको छैन । राजपाका एक नेताका अनुसार, ठाकुरले निर्वाचनपछि गम्भीररुपमा कुनै विषयमा पनि खुलेर कुरा गर्न गरेका छैनन् । संविधान संशोधन र केन्द्रमा सरकार गठनको बारेमा पनि मौनजस्तै देखिएका ठाकुर राजपाभित्र कमजोर अवस्थामा छन् । राजपामा राजेन्द्र महतो हावी देखिएका छन् ।

त्यसैगरी, फोरम अहिले केन्द्रीय सरकारमा राजपालाई आउन दिने पक्षमा छैन । प्रदेश २ मा पहिलो शक्तिका रुपमा रहेको फोरमले राजपालाई ५ बर्ष सत्ता बाहिर राखेर कमजोर बनाई आपूm थप बलियो भन्ने रणनीति अख्तियार गरेको ठहर राजपाका नेताहरुको रहेको छ । सोही कारण अहिले फोरम एकलरुपमा वाम गठबन्धनसंग छलफलमा संलग्न छ ।

फोरमका अध्यक्ष यादवलाई अहिले राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणु यादव, इस्तियाक राईलगायतका नेतालाई व्यवस्थापन गर्नुपर्नेछ । सरकारमा जाने सहमति भएको अवस्थामा उपसभामुख फोरमले पाउनेछ । त्यो बेला सरिता गिरीलाई पठाउने सकिने मनस्थितिमा फोरमका नेताहरु छन् ।  आफूहरुले पाउने दुई वटा मन्त्रालयमा एउटा मन्त्रालयमा अध्यक्ष यादव आफै जानेछन् भने अर्को मन्त्रालयमा राजेन्द्र श्रेष्ठ वा रेणु यादव जाने चर्चा छ । अहिले फोरमका नेता राजेन्द्र श्रेष्ठलाई रोक्ने कसरतमा लागेको पनि चर्चा छ । तर, स्वयम् अध्यक्ष यादव भने श्रेष्ठलाई मन्त्रीमा सेट गर्ने मनस्थितिमा देखिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्