Sunday 23rd of February 2020

भत्ताकै लागि अनुगमनः उपभोक्ता ठगनेविरुद्ध कारबाही शून्य, ६ महिनाको अवधिमा उपलब्धिबिनै साढे ३६ लाख रुपैयाँ खर्च

काठमाडौं । छाडा बजार नियन्त्रण गर्न सरकारले पछिल्ला ६ महिनाको अवधिमा साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ । सरकारी ढुकुटीबाट यति ठूलो रकम खर्च भइरहँदा प्रतिफल भने शून्य भेटिएको छ । 

अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत साउनदेखि पुस महिनासम्ममा बजार अनुगमनका नाममा उपत्यकामा मात्रै ३६ लाख ४२ हजार नौ सय रुपैयाँ खर्च गरेको हो । ६ महिना अवधिमा विभागले उपत्यकाभरमा तीन हजार पाँच सय ६० पटक अनुगमन गरे पनि हालसम्म एक जना दोषीलाई पनि कारबाही गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्