Friday 3rd of April 2020

गौशालामा गोली चल्यो, गणेश लामा पक्राउ

काठमाडौं । काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ ।

लगत्तै, घटनास्थल पुगेको प्रहरी टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।

यद्यपि, गोली कसलाई लाग्यो भन्ने बारे प्रहरीले खुलाइएको छैन ।लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्