Saturday 22nd of February 2020

नेपालले टस जित्यो, पपुवा न्यूगिनीलाई ब्याटिङको निम्तो

काठमाडौं । विश्वकप छनोट चरणको प्लेअपमा नेपालले पपुवा न्यूगिनीविरुद्ध टस जितेको छ।

टस जितेर नेपालले फिल्डिङ रोजेको छ।

नेपाल र पपुवा न्यूगिनी विश्वकप छनोटको सातौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्। आजको खेल जितेमा नेपालले एकदिवसीय मान्यता पाउने सम्भावना कायम रहनेछ।

जिम्बावेमा नेपाली समय अनुसार सवा १ बजे खेल सुरु हुन लागेको छ।  छनोट चरणका कुनैपनि खेलमा पपुवा न्यूगिनीले जीत हासिल गरेको थिएन भने नेपालले हङकङलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्