Thursday 23rd of January 2020

डा. सुदिप केसीद्वरा कोलेस्ट्रोल घटाउने टिप्स

काठमाडौं । सम्भब भएसम्म कोलेस्टेरोल पाच बर्षमा एक पटक  अवश्य जाच्नुहोस, समस्या पहिले देखि भएमा शरीर पुरै पनि चेक गर्न सक्नु हुनेछ । मधुमेह र उच्च रक्तचाप भएको बिरामीलाई कोलेस्ट्रोलको हुने बढी सम्भावना हुन्छ त्यसैले यस्ता बिरामीले बढी सतर्कता अपनाउनु पर्छ ।

कोलेस्ट्रोल नाप्न किन जरुरी छ ?

कोलेस्ट्रोल रोगको रुपमा नदेखिने भएता पनि यसको साथ मा उच्च रक्तचाप, मधुमेह ,उमेर, लिंग, जात, धुम्रपान गर्ने-नगर्ने जस्ता कुराहरुबाट सम्बन्धित व्यक्तिलाई हृदयघात, स्ट्रोकको लगायत को खतरा हुने भएकोले जांच गर्न जरुरी छ ।

कोलेस्ट्रोलको मात्रा के ले बढाउछ?

  •  धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्ट्रोलको मात्रा खानाले ।
  • कसरत नगर्ने  वा शारीरिक परिश्रम नपर्ने काम गर्नाले ।
  • तौल बढ्दा शरीरमा भएको राम्रों कोलेस्ट्रोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ  ।

पारिवारिक पृष्ठभूमि यदि तपाइंको परिवारमा कसैलाई कोलेस्ट्रोल छ भनेतपाईलाई पनि हुने सम्भावना बढी हुन्छ ।

साधारणतया २० बर्षको उमेर पश्चात नराम्रो कोलेस्ट्रोल बढ्नसक्दछ  ।

कोलेस्ट्रोल घटाउने उपायहरु

  • चुरोट खानु हुन्छ भने आजै बाट त्यागौ
  • मोटो र धेरै बजन हुने ले घटाउने
  • दैनिक वा हप्ताको ३-४ पटक व्यायाम गर्ने

प्रतिक्रिया दिनुहोस्