Tuesday 25th of February 2020

बढ्दो सवारीसाधनको प्रयोग: इन्धन खपत वार्षिक २० प्रतिशतले बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । 

बढ्दो सवारीसाधनको प्रयोगले इन्धनको खपत बढ्दै गएको हो । वार्षिक रुपमा खपत दर १५ देखि २० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन खपत बर्सोनि बढ्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्