Tuesday 21st of January 2020

वामकार्यदल बैठकः पार्टी एकताको अन्तिम तयारी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र एकता घोषणाको अन्तिम तयारीमा जुटेका छन् ।

नयाँ वर्षसँगै एकता घोषणा गर्ने प्रतिवद्धता जनाउँदै आएको एमाले र माओवादी केन्द्र अहिले वैचारिक र सांगठानिक खाका तय गर्न व्यस्त छन् । अहिलेसम्म फरक–फरक अवस्थामा रहेको विचार र संगठनलाई एउटै मालामा गाँस्न दुवै पक्षलाई हम्मेहम्मे भइरहेको छ । दुवै पक्षको विचार मिलाउन वैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदलको बैठक शुरु भएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको वैचारिक कार्यदलमा एमालेबाट उपाध्यक्ष भीम रावल, सचिव प्रदीप ज्ञवाली हुनुहुन्छ । माओवादी केन्द्रबाट नेताहरु नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भुसाल र प्रमुख सचेतक देव गुरुङ हुनुहुन्छ ।

बिहिबार साँझ शुरु भएको वैचारिक कार्यदल बैठकमा नेताहरुले एमालेले आत्मसात् गर्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अंगिकार गर्दै आएको ‘माओवाद’ र एक्काइसौँ शताब्दीको जनवाद’ बारेमा गहन छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्