Saturday 22nd of February 2020

हेटौंडा विरुद्ध काभ्रे : दुबैतिर आन्दोलन

 काठमाडौं, १८ चैत । ३ नम्बर प्रदेशको राजधानी हेटौंडा अस्वभाविक भयो, काभ्रेमा सारौं भन्ने प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि हेटौंडा र काभ्रे दुबैतिर आन्दोलन उर्लिएको छ ।

प्रचण्ड हेटौंडाबाट प्रदेश राजधानी कसैले पनि सार्न नसक्ने ठोकुवा गरेर फर्केको हप्ता दिन नबित्दै काभ्रेमा सार्न एमाले सांसद चन्द्रबहादुर लामा प्रस्तावक र सांसदहरु बसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक रहेर प्रस्ताव दर्ता गर्न पुगेपछि प्रदेश राजधानीको मुद्दा सडकमा छरपष्ट हुनपुगेको हो ।

संविधानको धारा २८८ को उपधारा (२) अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्नेछ भन्ने छ ।

दर्ता भएको यो प्रस्ताव पारित हुन्छ हुन्न, भयो भने हेटौंडाका पक्षधर प्रचण्ड र मौन तमासा हेरिरहेका केपी ओली कता लाग्लान् ? रमाइलो देखिदैछ ।

प्रस्तावकको दावी छ– प्रदेशको भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधारलगायतका दृष्टिकोणले काभ्रेको बनेपा, पनौति र धुलिखेल नगरपालिकास्थित आईटी पार्क रहेको स्थानमा प्रदेश राजधानी हुनुपर्छ ।

यसको विरुद्धमा लौ सार त भन्दै प्रदेश राजधानी काभ्रेलाई बनाउने प्रस्ताव गरेपछि हेटौँडामा प्रर्दशन गरेका छन् । अब यो आन्दोलनमा दुबैतिर विद्यार्थीसमेत सामेल हुन थालेको देखिदैछ ।

प्रतिक्रिया दिनुहोस्