Tuesday 18th of February 2020

विदेशी विनिमय शाखामा पुुनः ढुुंगाना, राष्ट्र बैंकमा फेरि पुरानो भीएलएनकाण्ड दोहोरिने सङ्केत !

काठमाडौं  । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुुंगानाको सरुवा पुनः नेपाल राष्ट्र बैंकको विदेशी विनिमय शाखामा भएको छ । यसअघि झण्डै सात वर्ष उक्त शाखामा बसेका ढुंगाना केही समयअघि मात्र सरुवा भएर योजना शाखाको प्रमुुख भएर गएका थिए ।
तर उक्त शाखामा सात महिना पनि टिक्न नसकेका ढुुंगानालाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नै काखी च्यापेर पुुनः विदेशी विनिमय विभागमा ल्याएको दाबी राष्ट्र बैंक स्रोतले गरेको छ । राष्ट्र बैंकमा विदेशी विनिमय शाखालाई आकर्षक शाखाको रुपमा लिइँदै आएको छ । विगतमा ढुुंगाना नै उक्त शाखामा प्रमुख रहेको बेला भीएलएन नेपालले नेपाल हङकङ हुुँदै मलेसियामा आठ करोड रुपैयाँभन्दा बढी रकम लगेको थियो । उक्त समय ढुुंगानाले नै आर्थिक प्रलोभनमा परेर नियमविपरीत रुपमा भीएलएनलाई रकम स्थानान्तरण गर्नको लागि बाटो खुल्ला गरिदिएका थिए । तत्कालीन समयमा उक्त घटनाबारे केही सञ्चारमाध्यममा समाचार समेत प्रकाशन भएपछि डेपुुटी गभर्नर चिन्तामणि शिवाकोटीले ढुुंगानालाई विभागीय कारबाही गर्नुुपर्ने अडान लिएका थिए । तर त्यतिबेला पनि गभर्नर डा. नेपालले नै काखी च्यापेर ढुुंगानालाई कारबाही गर्न रोकेका थिए । 
तर अहिले एक्कासि ढुुंगानालाई पुुनः सोही विभागमा सरुवा गरेर ल्याउनुुले फेरि गोप्यरुपमा कुुनै कम्पनीलाई विदेशमा रकम स्थानान्तरण गर्नको लागि बाटो खुुल्ला गरिदिन पनि हुुनसक्छ, राष्ट्र बैंक स्रोतले भनेको छ । होइन भने एउटा विभागमा झण्डै सात वर्ष बसेर सरुवा भएका व्यक्तिलाई पुुनः सात महिनापछि त्यही विभागमा प्रमुुखको रुपमा किन ल्याइन्छ, राष्ट्र बैंक स्रोतको प्रश्न छ ।

स्रोतका अनुसार विगत लामो समयदेखि मलेसियामा जाने नेपाली कामदारबाट निजी कम्पनी भीएलएन नेपालले अवैधानिक रुपमा प्रतिकामदार तीन हजार २०० अतिरिक्त शुल्क उठाइरहेको छ । । प्रवेशाज्ञा प्रक्रियामा सहयोग गर्ने भन्दै यसरी रकम उठाइएको हो । मलेसिया र नेपालका निश्चित स्वार्थ समूहबाट आफ्नो दुनो सोझ्याउने योजनाअनरुप भिलएलएनले मलेसिया जाने प्रतिनेपाली कामदारसँग १० हजार रुपैयाँभन्दा बढीको दरमा रकम उठाइरहेको छ । यसरी उठाइएको रकम अवैधानिक रहे पनि राष्ट्र बैंकका कार्यकारी निर्देशन ढुुंगानाकै कारण भीएलएनले वर्षेनी नेपालबाट विभिन्न मुुलुक हुँुदै मलेसियामा पैसा लगिरहेको छ ।
मलेसिया र नेपालका निश्चित स्वार्थ समूहबाट आफ्नो दुनो सोझ्याउने गरी ल्याइएका यस्ता कार्यक्रम सरकारको कमजोरीका कारण नेपाल प्रयोगको माध्यम बनिरहेको छ । यी कार्यक्रम नेपालमा लागू भएको देखाएर अन्य मुलुकमा लागू गर्न दबाब दिन यस्ता समूह उद्यत छन् । नेपाल सरकारले लिखित रुपमा मलेसिया सरकारलाई यी कार्यक्रम लागू गर्न सक्दैनौँ, कामदारलाई थप आर्थिक भार प¥यो भनेर चिट्ठी लेखेर अवैधानिक रुपमा लिइने यस्ता शुल्कलाई कटौती गर्नुु आवश्यक रहेको छ । यसअघि सन् २००५ मा भीएलएन नै जस्तै गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि माम्का र तालिमका लागि छुट्टै संस्था खोलेर अहिलेकै जस्तो कामदारबाट आर्थिक शोषण गर्ने गरिएको थियो ।

एकै पटक सय जनाभन्दा बढीको सरुवा
नेपाल राष्ट्र बैंकले एकै पटक एक सय जनाभन्दा बढी कर्मचारीहरुको सरुवा गरेको छ । राष्ट्र बैंकले चैतको पहिलो साता एक सय जना उपनिर्देशक तथा सहायक निर्देशकहरुको सरुवा गरेको हो । राष्ट्र बैंक स्रोतका अनुसार नरेन्द्र विष्टलाई विकास बैंक सुपरिवेक्षण विभागबाट नियमन तथा सुुपरिवेक्षण विभागमा सरुवा गरिएको छ । यसैगरी शुुष्मा रेग्मीलाई राष्ट्र बैंक ऋण व्यवस्थापन विभागमा, रुद्र बहादुर घिमिरेलाई सामान्य सेवा विभागमा, राजन विक्रम थापालाई बैंक सुपरिवेक्षण विभागमा, राजेन्द्र भट्टराईलाई विकास बैंक सुपरिवेक्षण विभागमा र हिमप्रसाद न्यौपानेलाई अनुसन्धान विभागमा सरुवा गरिएको छ । यो सरुवामा गभर्नर डा. नेपालको विशेष स्वार्थ र चासो देखिएको दाबी पनि स्रोतले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्