Sunday 17th of November 2019

अब यसरी बित्नेछ सलमान खानको जेल दैनिकी (२४ घन्टे रुटिन सहित)

काठमाडौँ  । भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाए लगत्तै सलमान खान जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ ।

दैनिक लाखौँ कमाउने सलमानको लागि १० हजार केहि होइन तर उनलाई १० हजार जरिवाना सहित तोकिएको ५ बर्षको सजाय उनको करियर र आर्थिक आम्दानीको हिसावमा अरवौंको हो । उनले ५ बर्षको जेल जीवन बिताउनु पर्यो भने उनको फिल्मी करियर धरापमा पर्ने निश्चित छ । ५२ बर्ष उमेर पुगिसकेका सलमान ५ बर्षपछि जेलबाट छुट्दा कस्तो बन्लान ? धेरैको चासोको बिषयमा सबैभन्दा महत्वपूर्ण चासो के पनि छ भने दैनिक स्वतन्त्र जीवन बिताउँदा हुने उनको जीवनशैली जेलभित्र निकै फेरिनेछ । जेल भित्र सलमानले दैनिकी कसरी मिताउलान सबैलाई चासोको विषय हो त्यसैले यहाँ त्यसको चर्चा हुँदैछ ।

सलमानलाई बिहिबार दिउसो जोधपुर सेन्ट्रल जेलगिएको छ । जुन जेल सुरक्षाको दृष्टिकोणले सबैभन्दा सुरक्षित मध्ये एक हो । उनि उक्त जेलमा कैदी नम्बर १०६ भएका छन् । जेल जीवनमा सलमानको पुरै दैनिकी बदलिनेछ । उनको दैनिक रुटीन जेलको नियम अनुसार परिवर्तन हुनेछ ।

माथिको तश्विरमा: जोधपुर स्थित जेलमा पस्दै सलमान खान |

जेल छिरेपछी अब सलमानको बिहानदेखि बेलुकासम्मको यस्तो दैनिकी हुनेछ:

बिहानको समय

– ५:३० बजे सुतेर उठ्नुपर्ने

– ७:०० बजे नुहाएर तयार रहने

*नियामानुसार हरेक कैदीले दैनिक १३५ लिटर पानी प्रयोग गर्न पाउने नियम छ |

– ७ बजेदेखि ८ बजेसम्म नास्ता गर्ने (२ रोटी, तरकारी, चिया)

– ८ बजेदेखि ११:३० बजेसम्म – जेलका अरुसँग मिलेर जेल भित्र अरुले अर्हाएको काम गर्ने

* नियामानुसार १ महिनामा बढीमा ५ जनाले मात्र कैदी भेट्न सक्छन त्यो पनि  २०/२० मिनेट मात्र |

– ११:३० बजे पछी लन्च (तरकारी-रोटी, दाल भात)

दिउँसोको समय

– दिउसो १२ बजेदेखि साँझ ५ बजेसम्म – जेलका अरुसँग मिलेर जेल भित्र अरुले अर्हाएको काम गर्ने

* जेलको नियामानुसार जेलमा काम गरे वापत स्किल्ड (अनुभवी, दक्ष), सेमी स्किल्ल्ड (साधारण दक्ष) र अन स्किल्ड (दक्षतानै नभएको) कामदारहरुले ४० देखि ५५ भारतीय रुपयाँ प्राप्त गर्छन |

साँझ/बेलुकाको समय

– ५:३० बजे – काम गरेको ठाउँबाट आफ्नो स्थानमा आउने

– साँझ ६:००बजे सम्म डिनर खाने – तरकारी र रोटि

* आइतबारको दिन कैदीलाई अन्य दिनभन्दा मिठो खानकुरा दिइन्छ |

– साँझ ६ बजेदेखि ७ बजेसम्म : केहिबेर साझा हलमा गएर टिभी हेर्ने वा किताव पढ्न पाइन्छ |

– बेलुका ७ वा ८ बजेपछि विहानसम्म: सुत्ने समय

* हप्ताको एक दिन सुत्नु अघि र सुतेर उठेपछि तौल नाप्ने गरिन्छ |

प्रतिक्रिया दिनुहोस्