Wednesday 26th of February 2020

‘नेपाली पोर्न स्टार’ अर्चना पनेरुका श्रीमान अश्लिल क्रियाकलाप गरेको आरोपमा पक्राउ !

काठमाडौं । आफू पोर्नस्टार बन्ने भन्दै सामाजिक सञ्जालमा अश्लिल तस्विर पोस्ट गरेर विवादित बनेकी अर्चना पनेरु पक्राउ परेका छन् ।
पनेरुकी श्रीमान् अमेरिकन नागरिक उल्फ प्राइस पक्राउ परेका छन् । उनी पनेरुसँगै अश्लिल गतिविधिमा समलग्न रहेको भन्दै काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

राजधानीको बलम्बु स्थित एक घरमा भाडामा लिएर पनेरुले खुलेआम रुपमा अश्लिल क्रियाकलाप गरेको स्थानियको आरोप छ । स्थानियको उजुरीपछि उनी नियन्त्रणमा आएका हुन् ।

प्रहरीलेि उनको साथबाट केही गाँजा सहित केही थान कण्डम बरामद गरेको छ । प्रहरीका अनुसार यौन जन्य क्रियाकलापका लागि भनेर प्रयोग हुने सामग्री समेत बरामत गरेको छ ।
उनले आफू समाजसेवी भएको भन्दै १५ वर्षमुनिका ३ जना बालकलाई त्यही घरमा राखेका थिए ।

डिएसपी मोहन थापाका अनुसार महानगरिय प्रहरी परिसरको कार्यालय टेकुमा राखेर उनीबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले उल्फलाई प्रहरी परिसर टेकुमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी मोहन थापाले बताए । अर्चना पनेरुले भने केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले विवाह नगरेको दाबी गरेकी थिइन् । उनले आफू एक्लै भएको र विवाह भनेर यसअघि उल्फसँग सार्वजनिक गरिएको तस्वीर प्रेम दिवसका लागि त्यत्तिकै खिचिएको लेखेकी थिइन् ।

त्यसअघि केही समयअघि उनले उल्फसँग विवाह गरेको भन्दै फेसबुकमा नै जोडीको फोटो पोस्ट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्