Friday 3rd of April 2020

रमेश खरेलको राजीनामा स्वीकृत

काठमाडौं । रमेश खरेलले नेपाल प्रहरीको डीआईजी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदारका रुपमा हेरिएका खरेलले डीआईजी पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।

 

सरकारले मंगलबार डीआईजी सर्वेन्द्र खनाललाई आईजीपीमा नियुक्त गरेपछि खरेलले बुधबार राजीनामा दिएका थिए । उनको राजीनामा बुधबार नै गृह मन्त्रालयले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्