Thursday 23rd of January 2020

फेसबुकले ल्यायो नयाँ फिचर, अधिकांश अनलाईन पत्रिका बन्द हुँदै

काठमाडौ । फेसबुकले अब नयाँ फिचर सुरु गरेको छ । इन्सटण्ट आर्टिकल नामक विशेष सुविधा उपलब्ध गराएर डिजिटल पत्रिकाहरुलाई डलर आर्जन गर्ने माध्यम फेसबुकले बनाएको थियो । यो व्यवस्थाले अश्लिल, घृणास्पद, हिंसात्मक, नग्नता, आतंकवादलाई प्रोत्साहन गर्ने जस्तापनि सामाग्री प्रकाशित भइरहेका थिए ।

अब फेसबुकले घृणास्पद भाषा, हिंसा, नग्नता, आतंकवादलाई साथ दिने सामाग्री सेयर गर्न नै पूर्ण रुपमा बन्देज लगाउनेगरी नयाँ फिचर ल्याउन लागेको छ । साथै इन्ष्टण्ट आर्टिकलमा यस्ता सामाग्री पोष्ट गरेर तत्कालै बन्द गर्ने फेसबुकले जनाएको छ । यसो भएमा अधिकांश डिजिटल पत्रिका बन्द हुनेछन् । व्लग बनाएर गलत समाचार प्रकाशन गर्नेहरुपनि अब बन्द हुनेछन् । फेसबुकले त्यस्ता सामाग्री सेयर गर्नमा नै बन्द गरिदिनेछ ।
फेसबुकका संस्थापक मार्क जुकेवर्गले आज एक स्टाटस लेख्दै भनेका छन् । यो साल फेसबुकको सामुदायिक मानकों व्यवस्थित गर्ने मेरो लक्ष्य पुरा भएको छ । लक्ष्य पुरा भएसँगै अब लोकतान्त्रिक र स्वतन्त्र प्रणाली विकसित गर्नका लागि अबको नियम सक्षम हुनेछ । हाम्रो सामग्री अब पूर्ण रुपमा नियन्त्रित हुनेछ ।

उनले भनेका छन् । यो दिशामा हाम्रो पहिलो कदम हामीले बनाएको वर्तमान नियमको पूर्ण पारदर्शिता बनाउन चाहान्छौ । त्यसपछि कसरी लागू गर्ने भन्ने हाम्रा प्रयोगकर्ताको सुझावपनि लिनेछौ । यसका लागि हामीले सामुदायिक मानको प्रकाशित गरेका छौ । हामी आजदेखि नै आन्तरिक दिशानिर्देशका लागि पारदर्शी छौ । घृणास्पद भाषण, हिंसा, नग्नता, आतंकवाद र अन्य सामग्रीको सटीक रूपमा परिभाषित कार्यलाई निषेध गर्दछौ । यसलाई साझा गर्नका लागि हामी तपाईको प्रतिक्रिया लिनेछौ । यो लिंकमा हेरेर सुझाव दिनुहोला ।
https://www.facebook.com/communitystandards

अब यही हप्तामा हामप् एक नयाँ अपील प्रक्रियाकोपनि स्थापित गर्दैछौ । ताकी तपाई व्यक्तिगत रुपमा निर्णय लिन सक्नुहोस् । तपाईलाई हामी केही गल्ति गर्दैछौ भन्ने लागेको छ भनेपनि सुझाव दिनुहोला । फेसबुकमा स्वतन्त्र अभिव्यक्ति रोक्न र सुरक्षा दिन निक्कै मुस्किल छ । तरपनि हामी कडा मेहनत गरिरहेका छौ । यसलाई कस्ता प्रयोगकर्तालाई चलाउन दिने वा बन्द गर्ने भन्ने निर्णय लिनपनि निक्कै कठिन छ । समुदायलाई न्याय हुनेगरी आफ्नो अधिकार प्राप्त गर्नेगरी कुनै नयाँ फिचर ल्याउन हामी कडा मेहनत गरिरहेका छौ । हामी चाडै सफल हुने संकेतको नजिक छौ ।

प्रतिक्रिया दिनुहोस्