Friday 3rd of April 2020

टेलिकमकी एमडी कामिनीमाथि एक्सन लिने तयारी

काठमाडौं । नेपाल टेलिकममा भएको चरम भ्रष्टाचारको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बोलाएरै स्पष्टीकरण लिएको खबर छ । २०७५ बैशाख १४ गते प्रधानमन्त्री कार्यालयमै बोलाएर ओलीले राजभण्डारीलाई टेलिकमभित्रको भ्रंष्टाचार, गुणस्तरहीन सेवा र फोरजी सेवा २ बर्षसम्म पनि काठमाडौं र पोखराबाहेक अन्यत्र विस्तार गर्न नसकेकोबारेमा स्पष्टीकरण लिएको स्रोत को दावी छ ।

कामिनीको कमजोर नेतृत्व, भ्रष्ट र अकर्मण्य कार्यशैलीका कारण नेपाल सरकारको स्वामित्वको टेलिकम धरासायी हुँदै गएको र निजी क्षेत्रका सेवाहरु मौलाउँदै गएको बारेमा संचार मन्त्रालयका उच्च अधिकारीको रिपोर्टपछि प्रधानमन्त्री ओलीले उनलार्ई बोलाएरै सुधार गर्ने कि विकल्प खोजौं भनेर चेतावनी दिएका हुन् । उनले ‘आवश्यक परे इञ्जिनमात्रै होइन, टायरै फेर्ने’ चेतावनी दिएका थिए । प्रधानमन्त्री ओलीले प्रष्ट शब्दमा टेलिकम अधोगतितिर जानुमा त्यहा“भित्रको तार मुसाले खाएर होइन कि त्यहाँभित्रको प्रवृत्ति(भ्रष्टाचार)ले हो भनेका थिए ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेयता पहिलोपटक सरकारी निकायका प्रमुखलाई बोलाएर यसरी चेतावनी दिएका कारण उनी कामिनी राजभण्डारीको विकल्प खोज्ने पक्षमा रहेको छनक दिएको छ । महिला नेतृत्व टेलिकममा पुगेकाले केही गर्न सक्छिन् कि भनेर मात्रै उनी टिक्दैआएकी छिन । तर महिला भएकै कारण मात्र उनको अक्षमता, भ्रष्टाचार क्षम्य नहुने विकल्प खोजिने संकेत प्रधानमन्त्रीले दिएका छन् ।

कामिनी राजभण्डारी प्रचण्ड सरकारका तत्कालीन संचार मन्त्री राम कार्की र सचिव दिनेश थपलियालाई ठूलै रकम भेट गरेर नियुक्ति भएको चर्चा चलेको थियो । उनीभन्दा राम्रो र टेलिकमको उन्नतिको खाका प्रस्तुत गरेका सुनिल पोखरेललाई नियुक्ति नगरी ब्यक्तिगत स्वार्थका काराण कार्की र थपलियाले कामिनीको नियुक्ति गरेका थिए ।

टेलिकमकी कामिनी राजभण्डारीको ध्यान नै जसरी हुन्छ घुस खानमै केन्द्रित हुँदैआएको छ । पूर्ववर्ती सरकारका सचार मन्त्री मोहनबहादुर बस्नेतस“ग मिलेर होस् वा दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झास“ग मिलेर होस् उनको ध्यान करोडौं असुल्नेतिर मात्र केन्द्रित रह“दै आएको आरोप लाग्ने गरेको छ । एनसेल भन्दा १ बर्षअघि फोरजीको अनुमति पाएको टेलिकमले अहिलेसम्म काठमाडौं र पोखराबाहेक अन्यत्र सेवा विस्तार गर्न सकेको छैन । तिनै २ ठाउ“मा पनि फोरजीको गुणस्तर थ्रीजी जति पनि नरहेको ग्राहकहरुको गुनासो रह“दै आएको छ ।

टेलिकमको इन्टरनेट सेवा एडीएसएलको सेवा पनि झूर रहेको गुनासो उपभोक्ताहरुको रहने गरेको छ । टेलिकमको सेवा लिने उपभोक्ताहरुको गुनासो अनुसार, टेलिकमले गुनासो सुनवाई नै गर्दैन । गुनासो रेस्पोन्स नगर्ने कारणले एडीएसएल इन्टरनेट सेवामा बढोत्तरी हुन सकेको छैन ।

चिनिया“ कम्पनी हुवावेले एनसेल र टेलिकम दुवैतिर फोरजीको ठेक्का लिएको छ । एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ । तर नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको टेण्डर नै टुंगो लगाउन सकेकी छैनन् ।

फोरजी सेवा विस्तारका लागि उनले पचासौं गुणा लागत स्टीमेट तयार गरी अरबौं भ्रष्टाचार गर्न लागेकी छन् । काठमाडौं र पोखराको फोरजीमा लागत स्टीमेटभन्दा धेरै गुणा महंगोमा हुवावेले ठेक्का पाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । जुन उजुरीमा छानबिन भइरहेको छ ।

मोहन बस्नेतको कार्यकालमा अन्तिममा हुवावेलाई देशभरको फोरजीको ठेक्का दिनेगरी सबै सेटिङ गरिसकेकी कामिनी २०७४ फागुनमा नया“ सरकार आएपछि पछि हटेकी थिइन् । एनसेल र नेपाल टेलिकमका सबै काम गर्ने हुवावे हो । एनसेलले हुवावेमार्फत् कामिनीलाई प्रभावमा पारी टेलिकमको फोरजी सेवा विस्तारको टेण्डर नै बिलम्ब गरी एक्लौटी रुपमा बजार कब्जा जमाएको छ । त्यसो त मिनेन्द्र रिजाल संचारमन्त्री हुँदा तत्कालीन टेलिकमका एमडी बुद्धि आचार्यले पनि एनसेलसंग मिलेर टेलिकममा गुणस्तरहीन उपकरण जडान गरी जीवनभर कमिसन आउने मार्गप्रशस्त गरेको कुरा चर्चामा आएको थियो ।

कामिनीले अहिले त्यस्तै एनसेलसंग मिलेर फोरजी सेवा विस्तार गर्न बिलम्ब गरेको आरोप लागेको छ । टेलिकमभित्रको भ्रष्टाचारबारे प्रधानमन्त्री ओलीले एमडी राजभण्डारीलाई बोलाएर स्पष्टीकरण सुोधेपछि अख्तियार पनि तातेको छ । कामिनीविरुद्ध परेका उजुरीमा अख्तियारले मिहीन ढंगले चासोका साथ हेर्न सुरु गरेको स्रोतले बताएको छ ।

टेलिकमले ग्रामीण दूरसंचार कोषको ४ अर्ब ८८ करोडको अप्टिकल फाइवर बिछ्याउने ठेक्का लिए पनि काम अगाडि बढाउन सकेको छैन । अप्टिकल फाइबरको ठेक्कामा पनि दिगम्बर झासंग मिलेर कामिनीले करोडौं घुस लिएको आरोप छ ।

कवाडी तथा टेलिकमका मेसिनरी उपकरण खरिदको बिषयमा पनि अनियमितता भएको उजुरी अख्तियारमा परेको छ । प्रधानमन्त्री ओलीले इन्जीनमात्र फेर्ने कि टायर नै भनेपछि कामिनी आत्तिएर एमालेका नेता तथा पत्रकारहरु गुहार्दै हिंड्न थालेकी छिन् । कामिनी र दिगम्बर झा मिलेर अप्टिकल फाइबरको ठेक्कामा घोटाला गरेकाले उनीहरुबीच सुमधुर सम्बन्ध छ । त्यही सम्बन्धका आधारमा झा मार्फत् संचार मन्त्री र प्रधानमन्त्रीसंग सम्बन्ध सुधार गर्न र पदमा टिक्न उनी दौडधूपमा छन् ।
-साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस्