Saturday 22nd of February 2020

पर्यटकलाई स्कुटरमा लेडिज गाइडले घुमाउने

धरान । करिब दुई बर्षअघि धरानको प्रमुख ९ वटा पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको नाइन पोइन्टमा पर्यटकहरुलाई घुमाउन लेडिज स्कर्ट तयार गरिएको छ।

पर्यटनको क्षेत्रमा सक्रिय सेक्ष ट्राभलिङ तथा होटल सेक्षले नयाँ प्रयोगको रुपमा ६ जना युवतीलाई स्कर्टकोरुपमा तयार गरेको हो। ती युवतीहरुले स्कुटरमा इञ्छुक पर्यटकलाई नाइन पोइन्टमा घुमाउन लैजानेछन्। पर्यटनको भाषामा यसलाई स्कर्ट भनिन्छ। ‘गाइड फरक फरक खालको हुन्छ, हामीले स्कर्ट गाइड तयार गरेको हौं,’सेक्ष ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगरले भनिन्,‘यो एक पर्यटक एक गाइडको अवधारणा हो, पर्यटकलाई स्कर्टिङ गर्दै स्कुटरमा गन्तव्यस्थलमा घुमाउने हो।’ सामान्यतया पर्यटन क्षेत्रमा १५ जना बराबर एक गाइड उपलब्ध गराउने चलन छ। सेक्षले भने नयाँ प्रयोगको रुपमा एक पर्यटक, एक गाइडको अवधारणा अघि सारेको हो।

प्रतिक्रिया दिनुहोस्