Friday 28th of February 2020

सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ

काठमाडौं । दैनिक रुपमा विमानस्थलबाट सुन तस्करीका लागि थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका कर्मचारीले बिशेष खालको सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ बनाएको छानबिनमा खुलेको छ। केटिएम ४४ नामक सो भसुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ मा सुन लुकाउन ठाउँ राखिएको र त्यसलाई बेलुका ग्यारेजमा लैजाने र ग्यारेजबाटै एयरलाइन्सका कर्मचारीले आफ्नो सवारी साधन र खल्तीमा राखेर सुन तस्करी गर्दै आएका थिए।

सुन थाई एयर र फ्लाई दुबईबका जहाजबाट मात्र तस्करी हुने गरेको थियो। छानबिन समितिको प्रतिवेदनमा यस्तो छ विमानस्थलबाट हुने तस्करीको तरिका–

थाई एयरवेजको इन्जिनियरीङ तर्फका सिनियर टेक्नीसियन विरेन्द्रमान श्रेष्ठ र गोपाल कुमार श्रेष्ठले सुन अवैध तवरले चोरी पैठारी गर्न केटिएम ४४ सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ लाई मोडिफाइड गर्ने अक्किल निकालेको, सुन आउने दिनको कामको खटनपटन अपराधिक समुहका सदस्यहरु भित्रै बाट पर्ने गरी कपिलराज पुरीले गर्ने गरेको, उल्लिखित प्रतिवादीहरुको सल्लाह बमोजिम जहाजको पछाडी पट्टिको (ट्वाईलेट तर्फ) भर्‍याङ लगाउने काम एल.बि.भन्ने लाल बहादुर मगर र बिरेन्द्रमानले गर्ने गरेको, बिरेन्द्रमानले गाडीको सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङको माथिल्लो सिढी (जहाजमा चढ्दा दायाँ पर्ने भाग) को रेलिङको तल पट्टी फलामको प्वाल भएको बारको माथिल्लो भागमा रहेको बिर्को अर्थात सिललाई खोल्न मिल्ने र सुनका बिस्कुट छिराए पछि तल पिधमा अड्किने स्क्रु नटले बन्द हुने बनाएको, उक्त सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ जहाज आएपछि लाल बहादुर मगर र बिरेन्द्र समेतले लगाउने गरेको, जहाजबाट सबै यात्रु निस्की सकेपछि प्रतिवादी मध्येका दोराम खत्री समेतले ट्वाईलेटबाट सुन निकाल्ने र सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ को प्वालमा छिराउने, भ¥याङमा बसेर मानिसहरुको आवत जावतले चोरी पैठारीको काममा अवरोध नपुगोस भनी प्रतिवादीहरु गोपाल कुमार श्रेष्ठ, बिरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले व्यवस्थापन गर्ने गरेको, सम्बीर प्रसाद तोलाङ र पुण्यप्रसाद तामाङले एयरहोष्टेज र अन्य क्रियु स्टाफलाई चलाखी पूर्वक निगरानी तथा छल्ने कार्य गर्ने गरेको, जहाज भित्र लुकाएको सुन समूह बाहिरका मानिसले थाहा नपाउन भनी जहाज भित्रका ब्ल्यांकेट पट्याउने काम हेमन्त गौतम र बालकृष्णले गर्ने कार्य गरेको, सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ ग्यारेजमा ल्याएर राखी रात परेपछि भ¥याङबाट सुन निकाल्ने काम गोपाल कुमार श्रेष्ठ र बिरेन्द्रमान श्रेष्ठले गर्ने गरेको, सुन झिकेपछि प्रायः गोपाल कुमार श्रेष्ठ, बिरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले आफ्नो मोटरसाईकल तथा स्कूटरमा बनाएको फल्स बटममा राखी र कहिले काही बरामद जिन्स ज्याकेटमा राखी एयरपोर्ट बाहिर चोरी पैठारी गर्ने गरेको तथ्य प्रतिवादीहरुले विशेष अनुसन्धान टोली समक्ष उल्लेख गरेका ब्यहोरा, अधिकार प्राप्त अधिकारी समक्षको बयान, श्रब्य दृष्य अभिलेख सामाग्री, थाइ एयरवेजको जहाजमा लगाउने सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ को फोटो, सुन तस्करी गर्न विमानस्थलमा बिशेष भर्‍याङ को बस्तुस्थिति ब्यहोराको मुचुल्का, जहाजको ट्वाईलेटमा सुन लुकाउन प्रयोग गरिएको स्थान समेतका सामाग्रीहरुको भिडियो फोटोहरु, बरामद मोटरसाईकल, बरामद जिन्स ज्याकेटहरु समेतका प्रमाणबाट पुष्टी भएको देखिन्छ ।

यसैगरी प्रतिवादीहरु राजु महर्जन, मृतक प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलले नेपाल वायु सेवा निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सवारी साधनहरु र ग्राउण्ड ह्याण्डलिङ इक्वीपमेण्ट प्रयोग गरी फ्लाई दुवईको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उक्त कम्पनीका जहाजहरुमा विदेश दुवई समेतबाट पठाइएको सुन अवैध तवरले चोरी पैठारी गर्ने काममा सम्लग्न रहेको देखिन्छ । राजु महर्जनले विमानस्थल भित्र नेपाल बायु सेवा निगमले संचालन गर्ने सटल बस यात्रु वस चलाई जहाज नेर लगेपछि विदेशबाट आएका यात्रुहरु सबै बसमा बसी सकेपछि सहयोगी प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलको सहयोगमा सुन चोरी पैठारीका लागि गोरे भन्ने चुडामणी उप्रेतीका संगठीत समुहका सदस्यले बोकि ल्याएको सुन सहितको झोला बसको पछाडि सिटको पछाडी पट्टी बनाएको गोप्य स्थानमा लुकाई यात्रु झरी सकेपछि राजु महर्जनले निर्देशन गरेको स्थानमा बस लगी मृतक प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलले राख्ने गरेको, उक्त बसमा भएको सुनलाई गोरे भन्ने चुडामणी उप्रेतिले निर्दिष्ट गरेको आपराधिक समूहको ब्यक्ति तथा स्थानमा यीनै राजु महर्जनका समुहले पुर्‍याउने गरेको, साथै यस आपराधिक समुहको सल्लाह बमोजिम मृतक सानु बनलाई जिम्मा लगाउने गरेको र कुनै बखत गोरे भन्ने चुडामणी उप्रेतीको निर्देशन एवं सेटिङ्ग बमोजिम प्रेमलाल चौधरी, राजन थापा, तुलाराम थारु र अशोकमान डंगोलको सहयोगमा पालै पालो चोरी पैठारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर बाहिर पहिले देखि सम्पर्क भै रोकी बसेको गाडी सम्म पुर्‍याई पास गर्ने गरेको तथ्य निज प्रतिवादीहरुको बयान, बस्तुस्थिति ब्यहोराको मुचुल्का, भिडियो,अधिकार प्राप्त अधिकारी समक्षको बयान समेतका प्रमाणबाट पुष्टी भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्