Tuesday 31st of March 2020

धरानबाट यातायात महासंघका उपाध्यक्ष सुवेदीसहित नौजना पक्राउ

सुनसरी । सरकारले लागु गरेको नियम विपरित जान खोज्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदीसहित नौजना यातायात व्यावसायीलाई सुनसरीको धरानबाट शुक्रबार प्ररहीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पूर्वाञ्चल यातायात व्यावसायी संघका उपाध्यक्ष मोहनमणि बराल, कोशी बस व्यवसायी संघका महासचिव नेत्र थापा, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोशी बस व्यावसायी संघका महासचिव हरि थापा, कोशी बस व्यावसायी संघका उपाध्यक्ष श्याम पोखरेल, संयुक्त बस व्यावासयी संघका उपाध्यक्ष पदमसुन्दर लिम्बू लगायतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। उनीहहरु सबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ।

यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले गरेको बन्दका कारण लामा तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैन। एम्बुलेन्स, निजी सवारी साधन, दूधका गाडी, मोटरसाइकल, ट्याक्सी तथा टेम्पोहरु निर्वाध रुपमा चलेका छन्।

गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि नेपालभरका व्यवसायी संघमा आवद्धहरुलाई मध्यान्हदेखि पक्राउ गरेको हो। यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा व्यवसायीहरुलाई धरानमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलले बताए।

यता महासंघका उपाध्यक्ष कुष्ण सुवेदीले सरकारको गृह मन्त्रालयले परिस्थिती भड्काएको आरोप लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्