Sunday 25th of August 2019

उत्तर कोरियाली नागरिकद्धारा सञ्चालित दरबारमार्गस्थित रेस्टुरेन्टबाट १० युवतीसहित ११ जना पक्राउ

काठमाडौं । उत्तर कोरियाली नागरिकद्धारा सञ्चालित दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट १० जना युवती र एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले दरबारमार्गस्थित याक एन्ड यति होटल अगाडि रहेको प्योङयोङ आरेर्‍याङ रेस्टुरेन्टबाट ११ जनालाई पक्राउ गरेको प्रहरी उच्चस्रोतले जानकारी दिएको छ ।

शुक्रबार बेलुका पक्राउ परेका उनीहरू सबै उत्तरकोरियाली नागरिक हुन् । प्रहरीका अनुसार उनीहरू लामो समयदेखि श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आइरहेका थिए ।

बिजनेस भिसामा नेपाल आएर गैरकानुनी रुपमा काम गरिरहेको उजुरी परेपछि महानगरीय अपराध महाशाखाले रेस्टुरेन्ट सञ्चालक र कामदारमाथि अनुसन्धान गरिहरेको थियो । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्