Thursday 23rd of January 2020

दरबारमार्गमा भेटियो नेपाली मूर्ति अमेरिकासम्म तस्करी गर्ने ‘आर्ट’

काठमाडौं । राजधानीको दरबारमार्गमा रहेका विभिन्न आर्टहरु मार्फत मुर्ती तस्करी गर्ने गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उक्त कार्यमा समलग्न विभिन्न आर्टका सञ्चालकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । नेपालका विभिन्न मन्दिरबाट ल्याइएका १२ औं, १३ औँ शताब्दिका ८ सय देखि ९ सय वर्ष पुराना बहुमुल्य धातुबाट बनेका मुर्तीहरुलाई अवैधानिक रुपमा करोडौंमा विक्रि गर्दै आएको पाइएपछि प्रहरी अनुसन्धान ब्युरो सिआइबीले सञ्चालक सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

क्युरियो आर्ट सञ्चालक दिपक रत्न शाक्य करोडौं मुल्य पर्ने १३ वटा मुर्ति सहित पक्राउ परेका छन् । त्यस्तै मुर्तिको कारोबार गर्दै आएका क्युरियो कन्सनका सञ्चालक सुगत रत्न शाक्य र देवाज आर्टका सञ्चालक सञ्चालक सुगत रत्न शाक् र देवाज आर्टका सञ्चालक शिशिर शाकयलाई समेत बहुमुल्य धातुको मुर्ती सहित सिआइबीले पक्राउ गरी अनुसन्धान थालेको छ । उनीहरुलाई प्राचित स्मारक संरक्षण ऐन २०१३ अनुसार कारबाहीका लागि प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको हो । उनीहरु तिनै जनालाई दरबारमार्गबाट शुक्रबार पक्राउ गरिएको थियो ।

पक्राउ परेका दिपक रत्न शाक्य दरबार मार्गमा रहेको क्युरियो आर्ट मार्फत मुर्ती व्यावसाय गर्दै आएका थिए । त्यस्तै सुगत रत्न शाक्य पनि दरबारमार्गमै क्युरियो कन्सर्न मार्फत मुर्ती व्यावसायको अवैधानिक धन्दा गर्दै आएका थिए । यता शिशिर शाक्यले पनि दरबारमार्गमा नै देवाज आर्ट नाम गरेको कम्पनि मार्फत मुर्ती व्यावसाय गर्दै आएका थिए ।
सिआइबीले विभिन्न गरी बुद्ध र अन्यसहित २४ थान मुर्ती बरामत गरेको छ । विभिन्न धातुले बनेको १८ थान पाता र पुराना र बीचमा प्वाल भएका १०१ वटा सिक्का समेत सिआईबीले बरामद गरेको छ ।

सिआइबीका अनुसार उनीहरुले ७० वर्षदेखि नै मुर्तीजन्य वस्तु बेच विखन गर्दै आएका थिए । उनीहरुले मुर्ती बेच्दा नयाँलाई पुरानो जस्तो र पुरानोलाई नयाँ जस्तो बनाएर बेच्ने गरेका थिए ।
उनीहरुले पुरातात्विक महत्वका मुर्ती लगायत चिज बस्तुलाई ८ सय देखि ९ सय वर्ष पुरानो मुर्ती भन्दै करोडौं मुल्यमा बेच्दै आएका थिए ।
त्यस्तैगरी विदेशीलाई मुर्तिजन्य चिजवस्तु विक्रि वितरण गर्दा पुरातत्व विभागबाट निर्यात गर्ने स्विकृति समेत लिने गरेको सिआइबीको अनुसन्धानमा खुलेको छ ।
सिआइबीका अनुसार एएलके इन्टरप्राइजेज मार्फत उनीहरुले विदेशमा समेत मुर्ती तस्करी गर्दै आएका थिए । अमेरिकाको रविन्स म्युजियममा समेत उनीहरुले विक्रि गरेको मुर्ती रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । सिआइबीले नेपालबाट विदेशी भूमिमा मुर्ति तस्करी गर्ने गिरोहलाई समेत अनुसन्धानको घेरामा राखेको छ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार स्विकृति विना कुनै पनि पुरातात्विक महत्वका बस्तु एवं मुर्तिहरु ओसारपसार तथा विक्री वितरण गर्न निषेध गरिएको र यस प्रकारको कसुरमा २५ हजारसम्म जरिवाना वा ५ बर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको ।

प्रतिक्रिया दिनुहोस्