Saturday 21st of September 2019

नारायणगढ–मुग्लिन सडक सामान्य वर्षामै ठप्प, के होला असार–साउनमा?

काठमाडाैँ । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकमा वर्षासँगै पहिरो खस्न थालेको छ। पहिरोकै कारण शनिबार उक्त सडक एक घण्टा अवरुद्ध हुन पुग्यो। शनिबार चितवनमा हल्का वर्षा भएको थियो। यसले बर्खाको मुख्य सिजनमा थप समस्या निम्तिने चिन्ता बढाएको छ ।

चितवन जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार यस वर्ष पहिरोले बाटै थुनिएको यो पहिलो घटना हो । यसअघिका पहिरोमा तत्कालै एकतर्फी गाडी चलाउन सकिन्थ्यो । अघिल्ला वर्ष समस्या मानिँदै आएको सुक्खा पहिरोले पनि यसपालि खासै अप्ठेरो पारेन।

प्रतिक्रिया दिनुहोस्