Thursday 12th of December 2019

वेट्रेसलाई बिकिनी

एजेन्सी । खासगरी रेस्टुराँ र होटलहरूमा काम गर्न मानिसले मन गदैनन् । आफू असुरक्षित होइन्छ, भनेर यस क्षेत्रमा मानिसहरुले काम गर्न रुचाउँदैनन् । रेस्टुराँ र होटलहरूलाई ग्राहक बढाउन पनि निकै गाह्रोको विषय हो । मानिस ग्राहक बढाउनका लागी अनेकौं कुराहरु सोच्ने गर्दछन् ।

चीनको एक रेस्टुराँले भने ग्राहक लोभ्याउनका लागि वेट्रेसलाई बिकिनी लगाइदिएको छ । श्याङ शहरमा रहेको दाओसियान्ज रेस्टुराँमा बिकिनी लगाएका वेट्रसहरूले खाना पस्किने गर्छन् । गोरा र सुन्दर वेट्रेसहरूले अरू केही लगाउन पाउँदैनन् । बिकिनीको शरीरमा रेस्टुराँको नाम पनि जोडिएको छ ।

कामदारहरू राम्रो देखिनुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै उनीहरुलाई यस्तो लुगा लगाउन दिएको हो । रेस्टुराँमा महिला वेटर मात्र नभई पुरुष वेटर पनि टपलेस रुपमा रहेका छन् ।

मानिसहरु त्यस रेस्टुराँमा खाना खानुभन्दा पनि युवतीहरूलाई हेर्न ग्राहक हरु आउने गरेको पाइएको छ । खानाको प्लेटभन्दा पनि बिकिनी लगाएका युवतीमा ग्राहकको नजर जाने गर्दछ । आफ्नो मोबाइलमा यस्ता युवती सगँ फोटो समेत खिच्नका लागी अघि बढ्छन् ।

प्रतिक्रिया दिनुहोस्