Sunday 15th of December 2019

यसरी पक्राउ परे क्यासिनोबाट विदेशी नागरिक र प्रबन्धक पक्राउ

धनगढी  । प्रतिबन्धित विदेशी मुद्रा अपचलन गरेको भन्दै प्रदेश राजधानी धनगढीमा सञ्चालित क्यासिनोमा प्रहरीले आइतबार छापा मारेर मलेसियन नागरिकसहित ५ सय र २ हजारका भारतीय नोट बरामद गरेको छ ।

कैलालीको साथी होटलमा सञ्चालनमा रहेको क्यासिनोमा प्रहरीले छापा मार्दा मलेसियन नागरिक आजाउजीन र क्यासीनो प्रबन्धक सुजन दहाललाई अवैध रकम सहित आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगरको नेतृत्वको टोलीले साथी होटल भित्र सञ्चालनमा रहेको किंग्स लञ्ज क्यासिनोमा अवैध रुपमा हुण्डी कारोबार र जुवातास भइरहेको जानकारी पाएपछि छापा मारेको थियो।

‘विदेशी मुद्रा अपचलनको शंकामा छापा मार्दा हुण्डी कारोबारी मलेसियन नागरिक सहित ठूलो मात्रामा प्रतिबन्धित भारतीय मुद्रा फेला परेको हो,’ कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने‘क्यासिनोका प्रबन्धक र मलेसियन नागरिक दुवैलाई आन्तरिक राजश्व अनुसन्धान विभाग काठमाडौं पठाइएको छ।’

मेलसियन नागरिक अजाउजीनसँग प्रहरीले दुईलाख ५ सय र २ हजारका प्रतिबन्धित भारतीय नोट र १२ लाख नेपाली रुपैयाँ जफत गरेको हो। जुवा खेलाइरहेका भारतीय नागरिकबाट यसअघि प्रहरीले १० लाख ५० हजार ५ सय र २ हजारका भारतीय नोट प्रहरीले पक्राउ गरेको थियो।
प्रदेश ७ को राजधानी धनगढीमा रहेको यो एक मात्र क्यासिनो हो ।

प्रतिक्रिया दिनुहोस्