Tuesday 31st of March 2020

मोदीका हातमा जनकपुरको साँचो

काठमाडौं । जनकपुर महानगरपालिकाको साँचो भारतलाई हस्तान्तरण गरिएको छ । बाह्र बिघा मैदानमा आयोजित अभिनन्दन समारोहमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरेका हुन् ।

उनले मोदीलाई चाबी हस्तान्तरण गर्दै अब जनकपुरको विकासको जिम्मा पनि मोदी र उनको भारत सरकारको भएको बताए ।

भारतले जनकपुर–अयोध्या रामायण सर्किटको विकासमा जोड दिँदै जनकपुरको विकासको जिम्मेवारी आफूले लिने बताउँदै आएको थियो । सोही अनुसार मोदीलाई महानगरको साँचो हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्