Sunday 15th of December 2019

नेपाल बन्दको प्रभाव आंशिक,काठमाडौँमा ट्याक्सीमा तोडफोड

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै आज गरेको नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड गरेको समाचार आईरहेको छ । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएको खबर छ ।

त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात को बसमा अज्ञात समूहले बम विस्फोट गराएको गराएको छ बताइएको छ । बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने भएको छैन । त्यसैगरी प्रचण्ड र मिनप्रसादको भाटभटेनीमा शक्तिशाली बम विष्फोट भएको छ । बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनीमा विष्फोट भएको बताइएको छ । घटनाको विवरण आउन बाँकी छ ।

यस्तै खैरेनी नगरपालिकाको पर्शा बजार, राप्ती नगरपालिकामा रहेको चिप्ले स्थित वडा नम्वर १ को कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । दुबै विस्फोटको विवरण आउन बाँकी छ । शनिबार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति निकालेर बन्दको आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्