Wednesday 26th of February 2020

इ–सेवाको नाममा मौलाएको ठगीधन्धा : विल भुक्तानी गर्दै हुनुहुन्छ ठगीनु होला ?

काठमाडौं । बढ्दो सुचना तथा प्रविधिको उपयोग गर्दै विभिन्न अनलाई सेवा गर्ने कम्पनीहरुले खुलारुपमा उपभोक्ता ठगी गर्दा समेत सम्बन्धित निकाय मौन रहेको भेटिएको छ । अनलाई सेवाबाट घरमै सामान ल्याईदिनेदेखि अनलाईबाट विभिन्न शुल्कको भुक्तानी गर्नेदेखि बैंकवित्तीय निकायले गर्ने पैसा पठाउने काम समेत गर्नेभन्दै सुरु भएका अनलाईन कम्पनीहरुको ठगीधन्धामा राष्ट्र बैंककै कर्मचारीहरुको मिलिमतोमै फस्टाएको भेटिएको हो । पछिल्लो समयमा मुलुकभर विभिन्न सेवा उपलव्ध गराउने भन्दै सञ्चालनमा रहेको ‘ई–सेवा’ नामको संस्थाले खुलारुपमा ठगीधन्धा चलाउदै आएको छ । सो अबैधधन्धालाई पछिल्लो समयमा राष्ट्र बैंकले स्वीकृति दिएसंगै इसेवा बाट कारोबार गर्नेहरु पाइलैपिच्छे ठगीदा समेत सम्बन्धित निकायले ध्यान नदिएकै कारण ठगी कार्य नियन्त्रण भन्दा पनि झन फस्टाउदै गएको छ ।
मोटो रकमको थैलि बुझाएर राष्ट्र बैंकबाट आर्थिक कारोबार गर्ने अनुमति पाएको सो सस्थाले विभिन्न संघसस्था र सरकारी कार्यालयमा बुझाउनु पर्ने शुल्क समेत भुक्तानी गर्न मिल्ने भन्दै ठगी गदै आएको छ । इसेवाले नेपालबाट विद्युत प्राधिकरण र टेलिकम र खानेपानीको शुल्क भुक्तानी गरेको भएपनि सो रकम प्राधिकरणको भुक्तानी शाखासम्ममा कुनै जानकारी समेत नभएकाले पछिल्लो महिना जरिवाना सहित नयाँ विल आएपछि राजधानीमै उपभोक्ता इसेवाबाट ठगीन पुगेको दुखेसो गरेका छन् ।
एकातर्फ उपभोक्तामाथी ठगीधन्धा चलाउदै आएको सो सेवा कम्पनीले क्यास अन एड नामक एप्स प्रयोगमा ल्याएर जनताको करोडौं रुपैयाँ खाएर भागेका र पछी राजनीतिक संरक्षणका कारण नेपाल फर्किएका ‘ठग’ व्यापारी विश्वास ढकालको कम्पनी इसेवाले ‘बिटक्वाइन’ को समेत कारोबार गरेको पाइएको थियो । सो बारे जानकारी पाएपछि रातारात सिष्टम अपग्रेड गरेर सो रेकर्ड समेत नष्ट गरेको स्रोतको दाबी रहेको छ । बिटक्वाइन कारोबार सम्बन्धी खोजी सीआइबीले गरेपछि राष्ट्र बैंकबाट सुचना माग गरी आएको पत्र आएकै दिन इसेवाले आफ्नो सिष्टम अपग्रेड गरेको थियो । इसेवाले एक भव्य कार्यक्रमका बीच आफ्नो नयाँ सिष्टमको लन्च गर्ने तयारी गरेको भएपनि लामो समयदेखि बिटक्वाइनको कारोबार गरेको भन्ने आरोप लागेका इसेवाका मालिक विश्वास ढकाल, सीइओ अगसर अली लगायतको गोप्य बैठकपछी सो रातनै सिष्टम अपग्रेड गरेका थिए ।
स्रोतका अनुसार बिटक्वाइनबारे राष्ट्र बैंकमा सीआइबीको पत्र आउने बितिकै राष्ट्र बैंकका केहि अधिकारीले इसेवालाई जानकारी गराएपछि रातारात सिस्टम अपग्रेडको नाममा सवै विवरण मेटाएको थियो भने सप्टेयर समेत नयाँ राखी सेवा सुचारु गरेको इसेवाकै एक कर्मचारीले गोप्य रुपमा बताएका छन् । विश्वास ढकालले मोटो रकमको आश्वासन दिंदै राष्ट्र बैंकका ठुला तहका कर्मचारीलाई समेत मिलाउनु भन्दै आफ्नो सिष्टम अपग्रेड गरेको नाम नलेख्ने सर्तमा एक कर्मचारीले बताएका छन् ।
ती कर्मचारीले भने,‘इसेवाले त्यो दिन सिष्टम अपग्रेड नगरेको भए नेपालका सबै भन्दा ठुला बिटक्वाइनका व्यापारी इसेवाका सीइओ अली र मालिक ढकाल हुन् भन्ने पुष्टि हुने थियो, तर राष्ट्र बैंकको नियमको धज्जी उडाउँदै इसेवाले रातारात सिष्टम अपग्रेड गरेको हो ।’ यसरी सिष्टम अपग्रेड गर्दा राष्ट्र बैंकलाई औपचारिक जानकारी गराउनु पर्ने नियम भएपनि सो विपरित इसेवाले सिष्टम अप्रेट गरेको हो ।
इसेवाका मालिक तथा ठग व्यापारीको उपमा पाएका विश्वास ढकालले राष्ट्र बैंकका केहि अधिकारीहरुलाई भेटी आफुलाई यो प्रकरणमा जोगाउन र यसवापत मोटो रकम दिने भन्दै प्रभावमा पारेपछि बाहिर देखाउनका लागि राष्ट्र बैंकले देखावटी अनुगमन गरेको थियो । यो प्रकरणमा सनराइज बैंक र नबिल बैंकको समेत मिलेमतो रहेको स्रोतको दावी रहेको छ । इसेवाको सेटलमेन्ट बैंक नबिल हो भने सनराइजले डलर सेटलमेन्ट सेवा उपलब्ध गराउँदै आएको छ । इसेवा, सनराइज बैंक र होमसेन्ड कम्पनीबीच त्रिपक्षीय सम्झौता भई रेमिट्यान्सको कारोबार हुँदै आएको छ । बिटक्वाइन समेत स्वीकार गर्ने अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायक स्क्रिलले होमसेन्डको नेटवर्क प्रयोग गर्दै आएको छ ।
सीआइबीको पत्र आएपछि इसेवाले राष्ट्र बैंकको अनुमतिविना नै सिस्टम अपग्रेड गरेको थियो । यसरी पैसा र पावरका भरमा नेपाल राष्ट्र बैंकलाई समेत आफ्नो पोल्टोमा परेको इसेवालाई देखावटी रुपमा राष्ट्र बैंकले फेरि पनि यस्तो नगर्न भन्दै चेतावनी दिएपनि भित्रभितै सहमती समेत दिएको स्रोतको दाबी रहेको छ । प्रहरी र केन्द्रीय बैंकले बिटक्वाइन कारोबार सम्बन्धमा अनुसन्धान थालेपछि गत २७ असोजमा उसले सिस्टम अपग्रेड गरेको थियो । २७ असोज राति १० बजेदेखि ३० गते बिहान १० बजेसम्म सिस्टम अपग्रेड हुने सूचना जारी गरे पनि तीन दिनसम्म इसेवाका सम्पूर्ण कारोबार बन्द गरेर सिस्टम अपग्रेट गरेको थियो । २७ असोजमै नेपाल प्रहरीले इसेवाको कारोबारको तथ्यांक माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको थियो । सीस्टम अपग्रेड गर्दा प्रणालीमा रहेका तथ्यांकहरू नासिन सक्ने सम्भावना भएकाले त्यस विषयमा नियामक निकायलाई जानकारी दिनुपर्ने नियम भएपनि इसेवाको दादागिरी र राष्ट्र बैंकका अधिकारीहरुसंगको गोप्य लेनदेनका कारण विश्वास ढकाल सहित उनको समूह कारबाहीमा परेको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ ।
यसरी ठगी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धाना आयोगमा उजुरी परे पनि सो बारे अझै कुनै कारबाही अगाडी बढेको छैन । आयोगमा ४५३१ नम्बरमा दताए भएको उक्त उजुरी सम्बन्धमा अझै कुनै कारबाही भएन । सो सस्था विरुद्ध गोप्य रुपमा उजुरी परेको हो । इ–सेवाले सित्तैमा एप बनाइदिएर बैंकहरुसंग अबैध कारोबार गर्दै आएको छ । इ–सेवा फोन पे प्रालि नामक कम्पनीको एउटा ‘प्रोडक्ट’ को रुपमा रहेको छ । यो सेवाबाट मोबाइलमा रिचार्ज गर्न, फिल्मको टिकट काट्ने। विद्युत, टेलिफोनलगायत अन्य वित्तीय कारोबारमा काम गर्दै आएको छ । तर, यो सेवा नेपालको कानुन विपरित भएको खुलेको छ । विगद ४ बर्षदेखि यो सस्थाले गैरकानुनी धन्दा चलाईरहेको छ ।
इसेवाले जनताबाट ‘डिपोजिट’ लिने गरेको छ जसको अधिकार इसेवालाइ छैन । यस सम्बन्धमा पटकरपटक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अस्कर अलीको केन्द्रीय कार्यलय हात्तिसार काठमाडौंको टेलिफोनमा थप जानकारी लिन खोज्दा उनी सम्र्पकमा आउन चाहेनन् । सो कार्यालयमा पटक पटक सम्र्पक गर्दा त्याहाँ रहेका कर्मचारीले अली कार्यालयमा नभएको र मोबाईल नम्बर दिन नमिल्ने भन्दै फोन राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्