Friday 3rd of April 2020

विश्वकपका लागि इंङ्ल्याण्डबाट यी २३ खेलाडी छनोटमा परे

काठमाडौँ  ।  इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् ।

इंग्ल्याण्डका लागि ७५ क्याप जितेका गोलरक्षक यस पटक भने राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटको रोजाइमा पर्न असफल भएका छन् ।

सन् २०१२ को युरो, सन् २०१४ को विश्वकप र सन् २०१६ को युरो कपमा उनको भुमिका महत्वपुर्ण रहेको थियो ।

हाल वेस्टह्यामबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनको फर्म खासै सन्तोषजनक रहेको छैन ।

त्यस्तै लामो समय चोटको सामना गरेका आर्सनलका खेलाडी ज्याक विलसियर पनि छनोट हुन असफल भएका छन् ।

सुची यसप्रकार छ ।

गोलकिपर– जोर्डन पिकफोर्ड, ज्याक बटल्यान्ड, निक पोप

डिफेन्डर – कायल वाकर, जोन स्टोन्स, फिल जोन्स, ग्यारी केहिल, केरन ट्रिपियर, ड्यानि रोज, ह्यारी म्याग्वाएर, एस्लि योङ, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड

मिडफिल्डर – एरिक डायर, जोर्डन हेन्डरसन, जेसे लिन्गार्ड, फाबियन डेल्फ, डेले अल्ली, रुबेन लफ्टस-चिक

फरवार्ड – ह्यारी केन, जेमि भार्डि, रहिम स्टेर्लिङ, मार्कोस रासफोर्ड, ड्यानि वेल्बेक

प्रतिक्रिया दिनुहोस्