Wednesday 19th of February 2020

ढिला सुत्ने मानिसमा छिटो मृत्युको खतरा

राती अबेरसम्म नसुत्ने मानिसको छिटो मृत्युको खतरा हुने एक अध्यनले देखाएकाे छ ।

छिटो र ढिला सुत्ने मानिसहरुको स्वास्थ्यमा गरिएको एक अध्ययनले निराशाजनक तथ्य सार्वजनिक गरेको छ । अध्ययनले राती अबेरसम्म नसुत्ने मानिसको छिटो मृत्युको खतरा देखाएको हाे ।

यसका अतिरिक्त अबेरसम्म नसुत्ने मानिसमा मनोबैज्ञानिक समस्या तथा श्वास प्रश्वासमा समेत समस्या हुने गरेको पाइएको छ । म्यूनिखको लुडविग म्याक्समिलन विश्वविद्यालयमा क्रोनोबायोलोलीका प्राध्यापक टिल रोएनवर्गका अनुसार बिहान ढिला उठ्ने मानिसको स्वाथ्यमा बढी जोखिम हुने गर्छ ।

स्लीप एण्ड सर्केडियन न्यूरोसाइन्स इन्सिच्यूट र नफील्ड ल्याब्रोटरी अफ आप्थलमोलोजीका प्रमुख रसेल फोस्टरका अनुसार यदी बिहान छिट्टै उठ्ने मानिसलाई राती अबेरसम्म काम गराएमा उनीहरुको स्वास्थ्यमा समस्या आउन थाल्छ ।

मानिसको सुत्ने र उठने समय अनुशासनको विषय मात्र नभएको शोधकर्ताहरुको दाबी छ । उठ्ने र सुत्ने बानीमा ५० प्रतिशत जीनको पनि भूमिका हुने शोधकर्ताहरु बताउँछन् । बाँकी ५० प्रतिशत पर्यावरण र उमेरले निर्धारण गर्ने उनीहरुको दाबी छ ।

२० वर्षको उमेरमा मानिस अबेर सुत्ने बानीको चरम अवस्थामा हुने गर्छ । उमेर बढ्दै जाँदा मानिसको बडी क्लकले यसलाई पहिलेकै अवस्थातर्फ लैजान्छ । युनिभर्सिटी अफ सरे मा क्रोनो बायालोजीका प्राध्यापक म्याक्लम वान शात्ज भन्छन, अबेर राती सुत्ने मानिस अल्छि हुन्छन् तर यो मानव जीवन विज्ञान हो । यही विज्ञानले उल्लु चरा तथा अन्य पंक्षिलाई पनि प्रभावित गर्छ ।

अबेरसम्म निद्रा नलाग्नुका पछाडी सूर्याेदय र सूर्यस्तसँग पनि जोडिएको हुन्छ । दिउसोमा सुर्यको रोशनी भन्दा रातीको समयमा कृतिम प्रकाशमा बस्दा यस्तो समस्या हुन्छ । यसले छिटो निद्रा लाग्दैन । यो राती अबेरसम्म जागै रहने मानिसको साझा समस्या हो । जो पहिले देखिनै आफ्नो जीवन विज्ञानमा चल्दै अबेर सुत्ने समस्याबाट पिडित हुन्छन् ।

बिहान सूर्यको प्रकाश लिने र रातीमा कृतिम प्रकाश जस्तै मोबाइल र ल्यापटपबाट आउने निलो प्रकाशबाट आफूलाई बचाउन सकेमा ढिलो निद्रा लाग्ने समस्या अन्त्य हुन्छ ।

(एजेन्सीको सहयोगमा ।)