Sunday 25th of August 2019

फेसबुक अकाउन्ट ह्याक हुनबाट कसरी बच्ने ? यसरी थाहा पाउनुहोस्

काठमाडौं । पछिल्लो समय धेरैले सामाजिक सञ्जालमा फेसबुक ह्याकिंग भएको भन्दै समस्या तेर्साउने गरेका छन् । आफ्नो फेसबुक अकाउन्टमा कुनै शंकास्पद गतिविधि देखिएमा वा ह्याकिंगको आशंका भएमा पहिचान गर्नका लागि विभिन्न तरिकाहरु अपनाउन सकिनेछ । यसका लागि तपसिलको विधि अबलम्बन गर्नुपर्दछ :

१. फेसबुक लगइन गर्नुहोस् र दायाँतर्फ माथिल्लो भागमा रहेको एरो आइकनमा क्लिक गर्नुहोस्

२. सेटिंग्स अप्सनमा क्लिक गर्नुहोस्

३. त्यहाँ रहेको सेक्योरिटी अप्सनमा क्लिक गरी General अप्सनभन्दा तल रहेको लगइन अप्सनमा क्लिक गर्नुहोस्

४. त्यहाँ तपाइँले आफ्नो फेसबुक कुन कुन ग्याजेटमा कुन समयमा लगइन भएको छ भन्ने पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ । तपाइँको फेसबुक अकाउन्ट लगइन भएका सबै डिभाइसको पूर्ण सूचिको जानकारी त्यहाँ हुन्छ, तपाइँले फेसबुक अकाउन्ट खोलेको दिनदेखिकै ।

५. यदि तपाइँले नचिनेको वा आफूले कहिल्यैपनि लगइन नगरेको डिभाइस पनि अकाउन्ट लगइन भएको डिभाइसको सूचीमा देखियो भने जान्नुहोस् कि तपाइँको फेसबुक अकाउन्ट अरु कसैले खोलेको छ । यसमा तपाइँको अकाउन्ट ह्याक भएको हुनसक्छ । त्यस्तो शंकास्पद डिभाइसको नामको छेउँमा रहेको तीनवटा थोप्लोवाला आइकनमा क्लिक गर्नुहोस् र त्यहाँ रहेको Not you नामक अप्सन
छान्नुहोस् ।

६. त्यसपछि फेसबुकले तपाइँको अकाउन्ट सुरक्षित बनाउन अनुरोध गर्नेछ । र, आफ्नो अकाउन्टलाई सुरक्षित तथा बलियो कसरी बनाउने भन्ने बारेमा पूर्ण जानकारी प्रदान गर्नेछ । तपाइँले आफ्ना फेसबुक लगइन भएका डिभाइसहरुको नामको छेउँमा लगआउन अप्सन पनि देख्न सक्नुहुन्छ । साथै सूचिको अन्तिममा सबै डिभाइसबाट एकसाथ लगआउट गने अप्सन पनि हुन्छ ।

आफ्नो अकान्टलाई थप सुरक्षित बनाउन तपाइँ दुई तहको प्रमाणीकरण अर्थात् टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नुहुन्छ ।

त्यस्तै, पछिल्लो समयम फेसबुक प्रयोगकर्ताको डाटा चोरी हुने क्रम बढ्दो छ । सो चोरी रोक्ने
फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो।

पछिल्लो समय प्रयोगकर्ताहरूको डाटा चोरी भएको भन्दै विवादित बनेको उक्त कम्पनीले डाटा चोरीलाई रोक्नका लागि यस्तो निर्णय गरेको हो। डाटा चोरीका लागि सहयोग गर्न सक्ने विभिन्न एप्सहरू बन्द गर्ने घोषणा गरिएको कम्पनीका मालिक मार्क जुकरबर्गले बताउनुभएको छ ।
-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्